काठमाडौँ– एक हजार बढी लगानीकर्ताको सामूहिक लगानीमा निर्माण हुन लागेको २५ मेगावाट क्षमताको सेती खोला जलविद्युत् आयोजनाको आज सिभिल निर्माणतर्फको ठेक्का सम्झौता भएको छ ।
आज यहाँ आयोजित एक कार्यक्रममा भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड र निर्माण व्यवसायी रसुवा–लुना जेभीबीच ठेक्का सम्झौतामा हस्ताक्षर भयो । भिजन लुम्बिनीका तर्फबाट कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेल र निर्माण व्यवसायीका तर्फबाट कार्यकारी निर्देशक माधव आचार्यले हस्तक्षर गरेका छन् ।
कार्यक्रममा दिइएको जानकारीअनुसार रसुवा–लुना जेभीले सिभिल निर्माणतर्फको ठेक्का रु एक अर्ब २० करोडमा लिएको छ । निर्माण व्यवसायीले दुई वर्षभित्र आयोजनाको सिभिल संरचना निर्माण गरिसक्ने प्रतिबद्धता जनाएको छ । प्रवद्र्धक भिजन लुम्बिनीले २७ महिनाको समय सीमा दिएको भए पनि दुई महिनाभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ ।
करीब रु पाँच अर्ब लागतको सो आयोजनामा धेरैभन्दा धेरैको सहभागिता गराउने लक्ष्य राखिएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक कम्पनीबीच २०७५ मङ्सिर ६ गते विद्युत् खरीदसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । सम्झौताअनुसार उक्त आयोजनाबाट उत्पादित विद्युत् वर्षायाममा प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिउँदमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरीद गर्नेछ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकाको भराभुरी भन्ने स्थानमा आयोजना निर्माण हुनेछ । आयोजनामा स्थानीयवासीलाई समेत शेयर दिइने प्रवद्र्धक कम्पनीले जनाएको छ । बुटवललाई केन्द्र बनाएर आर्थिक तथा सामाजिक क्रियाकलापमा संलग्न लुम्बिनी भिजनले सो आयोजनाका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेड स्थापना गरेको हो ।
प्रवद्र्धक संस्थाका अध्यक्ष पोखरेलले एकाध व्यक्ति मात्रै जलविद्युत् आयोजनाको मुनाफा पाउने अवस्थाको अन्त्यका लागि आफूहरुले बढीभन्दा बढी नागरिकलाई लगानीकर्ताको रुपमा सहभागी गराएको जानकारी दिए । उनकाअनुसार आयोजनाको ३० प्रतिशत स्वपूँजी रहने र ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाका तर्फबाट ऋण लिइनेछ । स्वपूँजीमा बुटवल र कास्कीका लगानीकर्तालाई समेत सहभागी गराइनेछ ।
आयोजनाबाट उत्पादित विद्युत् कूल छ किलोमिटर लामो प्रसारण लाइनमार्फत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सवस्टेशनमा जोडिनेछ । अध्यक्ष पोखरेलले आयोजना तोकिएको समयभन्दा अगाडि नै सम्पन्न गरेर उदाहरणीय बन्ने विश्वास व्यक्त गरेका छन् । उनले आयोजनामा धेरैभन्दा धेरै लगानीकर्ताको सहभागिता रहेकाले पनि धेरैको चासो रहेकाले समयभन्दा अगावै सम्पन्न गरिसक्नुपर्ने अवस्थामा रहेको बताएका छन् ।
यस्तै रसुवा–लुना जेभीका कार्यकारी निर्देशक आचार्यले आफूहरुले तोकिएको समयमा आयोजना सम्पन्न गरेर नेपालको ऊर्जा क्षेत्रमा केही योगदान पु¥याउने विश्वास दिलाएका छन् । आयोजनाको इञ्जिनीयरिङको काम हाइड्रो कन्सल्टले गरिरहेको छ । सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोहरलाल श्रेष्ठले प्राविधिक तयारीमा कुनै कन्जुस्याइँ नगरिएको जानकारी दिँदै आयोजना आकर्षक रहेको बताएका छन् ।
स्थानीयवासीसमेत रहहेका प्रवद्र्धक बमबहादुर गुरुङले स्थानीयवासीलाई विश्वासमा लिएर काम गराउन आफू प्रतिबद्ध रहेको बताए । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका सल्लाहकार गणेशकुमार श्रेष्ठले नदी प्रवाही आयोजना भए पनि आकर्षक र ऊर्जा उत्पादनका हिसाबले पनि महत्वपूर्ण रहेको बताए ।
निकट भविस्यमा नै हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल तर्फको निर्माण व्यवसायी समेत छनोट गरिने आयोजनाले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस