काठमाडौँ-सडकबाट उद्धार गरिएकालाई परिवार र आफन्तको जिम्मा लगाउन मुख्य समस्या रहेको छ। उद्धार गरिएकाले आफ्नो परिवारबारे सत्यतथ्य जानकारी नदिँदा उनीहरुलाई जिम्मा लगाउन समस्या भएको हो। यसरी संरक्षण गरिएकामध्ये अशक्त र अनाथको सङ्ख्या कम छ। परिवार भएका र सक्रिय जीवन जिउन सक्नेहरुलाई पनि घर फर्कादिने पिरले आफ्नो ठेगाना भन्न मान्दैनन्। “परिवारबारे जानकारी लिनका लागि उनीहरुलाई केही दिनको परामर्श नै आवश्यक छ, अन्यथा कठीन छ”, मानव सेवा आश्रमका अध्यक्ष राम्जी अधिकारीले भने। पछिल्लो समय काठमाडौँ महानगरपालिका सडकमा आफ्नो जीवन बिताइरहेकाको संरक्षण जुटिरहँदा यस्ता किसिमका समस्या देखापरेको हो।
कामपाले आफ्नो २५औँ महानगर दिवस अर्थात् गत मङ्सिर २९ गतेदेखि शुरु गरेको यस अभियानअन्तर्गत हालसम्ममा २८५ जनालाई उद्धार गरिसकेको जनाएको छ। यसरी सडकमा जीवन बिताउनेमध्ये सबैभन्दा बढी कालीमाटी, ढल्खु, नयाँबजार, इन्द्रचोक, बौद्ध, पशुपति, चाबहिलचोकगायत स्थानमा रहेका छन्। यसरी सडकमा बस्नेहरु ४० बढी जिल्लाका रहेका भए पनि बढी मात्रामा सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, गोरखा, चितवन जिल्लाको बढी रहेको आश्रमले जानकारी गराएको छ। उद्धार गरिएकामा बढी पुरुष रहेको र १६ वर्षदेखि ४० वर्ष उमेर समूहका छन्।
२९ गतेदेखि हरेक रातिको ८ बजेदेखि ११ बजेसम्म उद्धारको काम गर्नका लागि कामपा, प्रहरी, मानव सेवा आश्रमका प्रतिनिधिसहित ५० जनाको टोली खटिने गरेको छ। सडकको भरमा कोही पनि बस्नु नपरोस् भन्दै बिरामीलाई उपचार गर्ने, परिवार भएकालाई जिम्मा लगाइदिने र बेसहारालाई कामपाले नै सहयोग गरी संरक्षण गर्ने भन्दै कामपाले यस किसिमको अभियान सञ्चालन गरेको हो। कार्यक्रम सञ्चालन गरेको तीन महिनामा कापमाको ३२ वटै वडामा बेसहारा भई आफ्नो जीवन बिताइरहेकाको उद्धार गर्ने लक्ष्य कामपाको छ। शुरुआतीको पहिलो चार रातमा सडक किनारामै सुत्ने २१५ व्यक्तिलाई उद्धार गरेको थियो । अभियान शुरु भएको पहिलो दिन सात महिला, ३४ पुरुष र एक बालक गरी ४२ को उद्धार भएको थियो भने दोस्रो दिन १० महिला, ४५ पुरुष एक बालक र एक बालिका गरी ५७ लाई उद्धार गरिएको थियो। यही पुस १ गते ११ महिला, ३७ पुरुष र एक बालक गरी ४९ र पुस २ गते तीन महिला, ६४ पुरुष गरी ६७ लाई रातको समयमा काठमाडौँका विभिन्न सडक किनाराबाट उद्धार गरिएको थियो।
‘बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त महाअभियान घोषणा मूल व्यवस्थापन समिति’ को प्रदेश नं ३ का इन्चार्ज सुमन बर्तौलाले उद्धार गरिएका मध्ये १२९ पुरुष, १४ महिला, एक बालक र एक बालिकालाई मनोसामाजिक परामर्शपछि घर पठाइएको बताए। उद्धार गरिएकामध्ये पहिचान गरिएका १५ लाई मानव सेवा आश्रममा लगिएको छ। त्यस्तै नौ जनाको अस्पतालमा राखेर उपचार भइरहेको छ।यता कामपाका प्रमुख विद्यासुन्दर शाक्यले व्यक्तिको बस्न र बाँच्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्दै उद्धारकार्य शुरु गरिएको बताए। उनले व्यक्तिको उद्धारपूर्वको अवस्थालाई तस्वीर र भिडियोसहित कागजातमा व्यवस्थित अभिलेख बनाउन निर्देशन दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस