तुलसीपुर-चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दाङमा २० हजार तीन सय सवारी चालक कारवाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार, ट्राफिक नियम विपरित सवारी चलाउँदा कारवाहीमा परेका ती सवारी चालकबाट रु एक करोड ५५ लाख ७५ हजार राजश्व सङ्कलन भएको छ।आर्थिक वर्ष २०७५/०७६ मा ३४ हजार ५१० सवारी चालकको कारवाहीबाट रु एक करोड १३ लाख पाँच हजार राजश्व सङ्कलन भएको थियो।
चालू आ.व.को साउनमा दुई हजार ४०० सवारी चालकको कारवाहीबाट रु १५ लाख सात हजार ५०० राजश्व सङ्कलन भएको छ। त्यस्तै भदौमा चार हजार ३०० चालकको कारवाहीबाट रु २६ लाख ९३ हजार ५००, असोजमा रु चार हजार ६५० सवारी चालकको कारवाहीबाट रु २८ लाख ४२ हजार ५००, कात्तिकमा चार हजार ४०० चालकको कारवाहीबाट २७ लाख २२ हजार र मङ्सिरमा चार हजार ५५० सवारी चालकको कारवाहीबाट रु २८ लाख १५ हजार राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ।
सो अवधिमा दुई हजार ७३५ बस चालक, तीन हजार ६७७ ट्रक चालक, दुई हजार ६१५ जीप चालक, सात हजार ६६० मोटरसाइकल चालक, एक हजार ९२७ ट्र्याक्टर चालक, एक हजार ६८६ टेम्पो चालक गरी जम्मा २० हजार ३०० सवारीसाधन चालक कारवाहीमा परेको ट्राफिक प्रमुख रेग्मीले जानकारी दिए। उहाँले मापसे गरेर सवारी चलाएका, सिटबेल्ट नलगाएका, उछिन्ने, छतमा यात्रु राखेका, प्रयोजन विपरीत चलाएका, लेन अनुशासन मिचेकाजस्ता कारणले गर्दा उनीहरुलाई कानूनी दायरामा ल्याइएको बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस