सर्लाही-चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। बरहथवा नगरपालिका-१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चिसोबाट बच्न आफ्नै घरको आँगनमा बालिएको आगो ताप्ने क्रममा बुधबार साँझ अचानक आगो लाग्दा उनको पूरै शरीर जलेर गम्भीर घाइते भएकी थिइन्। घाइते साहको उपचारका क्रममा गए राति जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै चिसोबाट बच्न घर अगाडि बालिएको आगो ताप्ने क्रममा साडीमा आगो लाग्दा विष्णु गाउँपालिका-१ बेल्वामा एक महिला गम्भीर घाइते भएकी छन्। गए राति ९ बजे आगो लाग्दा राजन पासवानकी श्रीमती २५ वर्षीया सरस्वती गम्भीर घाइते भएकी हुन्।
आगोबाट पासवानको घुँडादेखि पेटसम्म जलेको छ। उनको उपचार अहिले जिल्ला अस्पताल मलङ्गवामा भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए।
आगलागीबाट रु २१ लाख क्षति
ईश्वरपुर नगरपालिका-६ बैलवास बजारमा आगलागी हुँदा तीन जनाको घर पसल जलेर नष्ट भएको छ। आगलागीबाट करीब रु २१ लाखको क्षति भएको प्रहरीले जनाएको छ। गए राति करीब ९ः३० बजे बिजुलीको तारमा सर्ट भई आगलागी हुँदा स्थानीयवासी हकिममियाँ मुकेरी, तसबीर अन्सारी र मजहर हुसेन मिकरानीको घर पसल जलेको छ।
आगलागीबाट हकिममियाँको दुईकोठे घर र पसल जलेर रु पाँच लाख बराबरको क्षति भएको छ। अन्सारीको नुर आर्ट ग्लेरी पसलमा आगलागी हुँदा रु सात लाख बराबरको क्षति भएको छ। त्यस्तै मजहर हुसेनको सहयोगी सर्जिकल मेडिकल पसलमा आगलागी हुँदा रु आठ लाख बराबरको औषधि र एक लाख नगद गरी रु नौ लाख क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगो स्थानीयवासी, वारुणयन्त्र र प्रहरीको सहयोगमा गए राति करीब ११ बजे नियन्त्रणमा आएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस