भद्रपुर-माइती नेपालले पूर्वी नाका काँकडभिट्टाबाट एक वर्षमा २१३ नेपाली चेलीको उद्धार गरेको छ। सन् २०१९ को जनवरीदेखि हालसम्ममा मानव बेचबिखनमा सङ्लग्न दलालले झुक्याएर भारतको मिजुराम, मनीपुर, वर्मालगायतका क्षेत्रबाट र काँकडभिट्टा नाकासहित गरी २१३ नेपाली महिलाको उद्धार गरेको हो।
वैदेशिक रोजगारीको बहाना बनाएर भारतलगायत तेस्रो मुलक लैजान लागेको अवस्थामा ८२ जनालाई सीमा नाका काँकडभिट्टाबाट घर फर्काइएको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए। सोही अवधिमा कार्यालयमा १४४ जना महिला हराएको निवेदन परेकामध्ये ४२ जनालाई फेला पारी परिवारलाई जिम्मा लगाइएको छ भने बलात्कारको घटनामा एक जनाविरुद्ध मुद्दा दर्ता गरिएको उनको भनाइ थियो।
मानव बेचविखनको ‘ट्रान्जिट’ मानिएका पूर्वको काँकडभिट्टा, पशुपतिनगर र भद्रपुर, जोगवनी नाकामा माइती नेपालले कर्मचारी खटाएर नियमित निगरानी गर्दै आएको छ। बेचविखनमा परेका पीडितको उद्धार गरे पनि हालसम्म बेचबिखनमा संलग्न व्यक्ति फरार रहेको संयोजक घिमिरेको भनाई छ। “पीडितले नै उजुरी दिन हामीलाई सहयोग गर्दैनन्”, घिमिरेले भने, “जसका कारण अभियुक्त फरार हुन्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस