साठी हजार विद्युत् सेवा लिने ग्राहक रहेको विद्युत् वितरण केन्द्र हेटौँडा शाखामा कर्मचारी अभावले सर्वसाधारणलाई सेवा दिन समस्या भए ।
कार्यालयबाट प्राप्त विवरण अनुसार कर्मचारी र प्रविधिकसहित १४५ दरबन्दी रहेकोमा हाल १०५ कर्मचारी कार्यरत छन् । मासिक रु १७ करोड विद्युत् महसुल उठ्ने सो कार्यालयबाट प्राविधिक र अन्य सेवा दिन कर्मचारी अभाव भएको कार्यालय प्रमुख योगेन्द्र ठाकुरले बताए ।
कर्मचारी अभावका कारण विद्युत् मिटर वितरण, तार र पोल जडान, मर्मत सम्भार तथा ग्रामीण विद्युतीकरणलगायतको समस्या रहेको बताइएको छ । खासगरी मकवानपुरको उत्तरी क्षेत्रमा पोल तथा तार जल्दा वा टान्सफर्मर बिग्रदा समस्या आउने गरेको गढीका राममोहन अधिकारीले भन्नु भए ।
इ विलिङमार्फत विद्युत् राजश्व लिने र महशुल काउन्टरको सङ्ख्या बढाइएकाले सेवाग्राहीलाई समस्या नभएको ठाकुरको भनाइ थियो । चुस्त दुरुस्त सेवा दिन आफू आएदेखि लागिपरिरहेको तर कर्मचारी अभावले काम गर्न केही असहज भएको उहाँको गुनासो छ ।
यसैबीच शिवम् सिमेन्ट उद्योग तथा हेटौंँडा सिमेन्टलगायत विभिन्न उद्योगले प्राधिकरणलाई बुझाउनुपर्ने महसुल रकम उठाउने प्रक्रिया अगाडि बढाइरहेको त्यहाँको प्रशासन शाखाबाट थाहा भयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस