काठमाडौ- उखुको मूल्य पाउनुपर्ने मागसहित किसानले जारी राखेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल घरेलु तथा साना उद्योग महासङ्घको ध्यानाकर्षण भएको जनाएको छ |
विगत चार वर्षदेखि चिनी मिललाई उखु बिक्री गरेका किसानले हालसम्म पनि उखुको भुक्तानी नपाएकाले देशको विभिन्न भागबाट चिनी मिल पीडित उखु किसान काठमाडौंमा भेला भई आन्दोलित हुनुपर्ने अवस्था आउनु दुःखद् रहेको महासङ्घको भनाइ छ ।
एकवर्ष अघि नै किसानको उखुको भुक्तानी दिने सम्बन्धमा निजी क्षेत्र समेतको सहभागीतामा उद्योग मन्त्रालयमा सहमति भइसकेको विषयमा हालसम्म पनि किसानले भुक्तानी नपाउनु गम्भीर विषय भएको महासङ्घको ठहर छ ।
उखु किसान महासङ्घका पनि सदस्य रहेको हुँदा उनीहरुको आन्दोलनप्रति महासङ्घको ऐक्यबद्धता रहेको अध्यक्ष श्यामप्रसाद गिरीले बताए । महासङ्घले चिनी उद्योगीलाई उखु किसानको रकम अविलम्ब भुक्तानी दिन आग्रहसमेत गरेको छ |-
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस