बेत्रावती-बडामहाराजधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा पुर्याएको योगदानको सम्मानस्वरूप उनिसहित गोर्खाली सेनाले एकीकरणको समयमा गोरखादेखि नुवाकोट हुदै काठमाडौँसम्म पुगेको पदमार्गमा ‘एकीकरण टर्च र्याली ’ गरिने भएको छ।
नेपाली सेनाको आयोजनामा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको लागि शुरु गरेको अभियानअन्तर्गत भोलि शुक्रबार गोरखा दरबारबाट ‘एकीकरण टर्च’र्याली शुरु गर्न लागिएको हो। गोरखा दरबारबाट शुरु हुने ‘एकीकरण टर्च’र्य्राली बोर्लाङ, सल्यानटार, हासेपसल, चरङ्गे, तबईभार हुँदै नुवाकोटको सामरीमा यही पुस २० गते आइपुग्ने जबरजङ्ग गण नुवाकोटका गणपति उदयबहादुर लामिछानेले जानकारी दिए।
उनका अनुसार पुस २० गते सामरीभञ्ज्याङमा विशेष कार्यक्रम गरेर पुनः नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै म्यागङ मैदान, भैरमकोट, शुभघाट, केउरिनी चौतारो हुँदै आइतबार राति पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएका नुवाकोटस्थित सात तले दरबारमा ‘एकीकरण टर्च’ र्याली आइपुग्ने कार्यतालिका छ।
नुवाकोट दरबार परिसरमा पुस २१ मा विशेष कार्यक्रम गरेर अघि बढ्ने ‘एकीकरण टर्च’ र्याली धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हुदै काठमाडौँस्थित सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पुराएर त्यहाँ विशेष कार्यक्रम गरी उक्त र्यालीको समापन गरिने कार्यतालिका छ।
“गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि विजय हासिल गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ र्यालीमार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य राखिएको छ”, जबरजङ्ग गणका गणपति लामिछानले भने, “‘एकीकरण टर्च’ र्यालीमा सहभागी सैनिकले पृथ्वीनारायण शाहको समयमा उनको फौजले प्रयोग गरेको जस्तै पोशाक र हतियारमा सजिने हुदा नेपाल एकीकरणको स्मरण गराई अहिलेका युवा पिँढीलाई देशभक्तिको भावना जगाएर राष्ट्रप्रति जिम्मेवार बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस