काठमाडौँ – नेपाल प्रहरी बेरुजु फछ्र्योटमा उत्कृष्ट हुँदै पुरस्कृत भएको छ । गृह मन्त्रालय र अन्तर्गतका निकायमध्ये सबैभन्दा बढी नेपाल प्रहरीले ८८.५० प्रतिशत बेरुजु फछ्र्योट गर्न सफल भएकोे छ ।
आज सार्वजनिक गरेको विवरणअनुसार गृह मन्त्रालयले ७४.४१, सशस्त्र प्रहरीले ८६.९६ र अध्यागमन विभागले ८४.६२ प्रतिशत बेरुजु फछ्र्योट गरेको छ । गृहमन्त्रालयले आज नेपाल प्रहरीसहित मातहतका निकायका नेतृत्वलाई बेरुजु फछ्र्योटमा उत्कृष्ट काम गरेकामा नगदसहित सम्मानसमेत गरिएको थियो ।
गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई नेपाल प्रहरीले सर्वोत्कृष्ट स्थान हासिल गरेकामा नगद रु १० हजार पुरस्कारसहित प्रशंसापत्र प्रदान गर्नुभयो । मन्त्रीस्तरीय निर्णयानुसार यसरी पुरस्कार प्रदान गरिएको छ ।
यस्तै गृहसचिव प्रेमकुमार राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेललगायतलाई पनि पुरस्कार प्रदान गरिएको थियो । गत वर्ष पनि नेपाल प्रहरी बेरुजु फछ्र्योटमा उत्कृष्ट भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस