काठमान्डौ-सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सुचना तथा संचार मंत्री गोकुल बास्कोटाले कांग्रेस नेता गगन थापाको नाम नलिई ‘तथ्य लुकाएर भ्रम फैलाएको आरोप लगाए। सूचना प्रविधि विधेयकका सन्दर्भमा गगन थापाले निकालेको भिडियो सन्देशप्रति कटाक्ष गर्दै बास्कोटाले प्रश्न गरे-तथ्य किन लुकाउने ? किन भ्रम छर्ने ?
उक्त पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले आक्रोशित रुपमा भने पटक पटक भिडियो सन्देश जारी गर्ने नेताले तथ्य लुकाएर सरकारविरुद्ध जनतालाई भड्काउन सकिन्छ भन्ने दुस्प्रयास गरेको आरोप समेत लगाए।
मंत्रीले भने-“विधेयकमा भएको दफामा के लुकाइएको छ? निरन्तर भन्ने शब्दलाइ मात्र खुुसुक्क निकालेर नागरिकलाई सरकारविरुद्ध जनतालाई भड्काउन सकिन्छ कि भनेर खोक्रो भिडियो जारी गर्ने ? आफूलाई के चाहिएको छ त्यही शब्द टिप्ने ? तथ्य छोप्ने ? हप्काउने, जिस्काउनेको अगाडि एउटा शब्द छ,निरन्तर ह्यारेसमेन्ट गरेमा भन्ने छ। केही नेताले विभिन्न युट्युवमा बोलेको र भिडियो सन्देशहरु पठाएको देखिरहेका छौं। छोप्नुको पनि सीमा हुन्छ नि। के छोपिएको छ?”
पत्रकार सम्मेलनमा दश मिनेट जति सूचना प्रविधि विधेयकबारे बोलेका मन्त्री बास्कोटाले नाम नलिई कांग्रेस नेता थापा प्रति लक्षित गर्दै बोलेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस