चितवन-प्रदेश न. ३ प्रहरीले जिल्ला प्रहरी कार्यालय, चितवनलाई पत्र लेख्दै १२ घन्टाभित्र चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्ललाई जिल्ला छोड्न निर्देशन दिएको थियो। तर, उनले निर्देशनलाई अवज्ञा गर्दै जिल्लामै बसेका छन्।
चितवनमा दानबहादुर मल्ल सरुवा भएको १३ दिनसम्म पनि उनले जिल्ला छाड्न नमानेपछि प्रदेश प्रहरीले उनलाई पत्र काटेको थियो। पत्र काटेको दिन बिहीबार उनी आफ्नो नियमित काममा व्यस्त रहेका थिए।
रत्ननगर नगरपालिकामा कृषि तालिम तथा अनुसन्धान केन्द्रको उद्घाटन गर्न पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षार्थ मल्ल कार्यक्रमस्थल पुगेका थिए। प्रचण्डसँग राम्रो सम्बन्ध भएकै कारण उनले डीएसपी हुँदा काठमाडौंको ब्यस्त सहर दरबारमार्ग प्रहरी वृत्तको नेतृत्व गर्ने अवसर पाएका थिए।
प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले सरुवामा ‘कसैले खेल्न खोजेको’आरोप लगाउदै जिल्ला छाड्न मानेका छैनन्। उनले समय नपुग्दै सरुवा गर्न खोजिएको भन्दै चितवनमै बस्ने वातावरण मिलाइदिन भन्दै लबिङ गरिरहेको स्रोतले बताएको छ। मल्लले जिल्ला नछाड्दा चितवनमा सरुवा गरिएकी गंगा पन्त काठमाडौंमै रहेकी छिन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस