अमरगढी -गएको बिहीबार परेको हिमपातका कारण डडेल्धुरा सदरमुकाम खलङ्गा, अमरगढी, गन्यापधुरा, साहु खर्क, हगुल्टे र मेलखर्कलगायतका एक दर्जनभन्दा बढी स्थानमा अत्यधिक चिसो बढ्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् ।
यहाँका जिल्ला सदरमुकामसहितका भेग तथा गान्यापधुरा गाउँपालिका, हगुल्टे, अमरगढी क्षेत्रका पर्यटकीय क्षेत्र तथा आसपासमा पाँच दिन पहिले परेको भारी हिमपातपछि बढेको चिसोले जनजीवन कष्टकर बन्न थालेको हो ।जिल्लाको उच्च पहाडी क्षेत्रका विभिन्न बस्तीमा हिमपात भएसँग जाडोले स्थानीय बासिन्दालाई सास्ती भएको छ ।
जाडाले बस्नै नसकिने हुँदा केही स्थानीय बासिन्दा यसअघि नै हिमपात शुरु हुनु पहिले खर्कबाट बेँसीतिर झरिसकेका छन् । पुसदेखि फागुको अन्तिम सातासम्म यहाँका बस्तीमा बाक्लो हिमपात हुन्छ ।उच्च पहाडी क्षेत्रका बासिन्दाले गर्मी समयमा अन्न र आलुखेती गर्छन् । जाडोमा उब्जनी नहुने भएकाले खेतबारी बाँझै छाड्छन् ।
डडेल्धुराको उच्च पहाडी तथा लेकाली भागमा तीन फिटसम्म हिउँ पर्छ।टेलिफोन र बिजुली नहँुदा अन्धकारमय यसवर्ष हिउँदेयाममा डडेल्धुरा सदरमुकामसहित ग्रामीण बस्तीमा परेको हिमपातका कारण डडेल्धुरा सञ्चार र बिजुलीविहीन बनेको छ । बिहीबारदेखि तापक्रममा आएको गिरावटले इन्टरनेटलगायतका सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।
लामो तथा छोटो दूरीका सवारी साधन पनि चल्न गाह्रो भएको छ भने ग्रामीण सडकसमेत अवरुद्ध भएको उग्रतारा डडेल्धुरा यातायात प्रालिले जनाएको छ । हिमपातका कारण दर्जनौँ टेलिफोनका टावरहरु नै अवरुद्ध भएको दूरसञ्चार कार्यालय डडेल्धुराले जनाएको छ । मौसम सुधार नआए अझै दुई÷तीन दिन इन्टरनेटलगायतका सञ्चार सेवा अवरुद्ध हुनसक्ने कार्यालयका शिवराज बोहराले बताए ।
उता हिमापतका कारण सयौँ ठाउँमा बिजुलीका पोल भाँचिएकाले बिजुली बाल्न अझै केही दिन लाग्न सक्ने नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराले जनाएको छ । विद्युत् अवरुद्ध हुँदा जिल्लाको गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका, अमरगढी नगरपालिका, परशुराम नगरपालिका, आलिताल र भागेश्वर गाउँपालिका पाँच दिनदेखि अन्धकारमय बन्दै गएको छ। जिल्लाका विभिन्न स्थानमा भारी हिमपातका कारण पशुचौपायालाई चरनका लागि पनि समस्या भएको स्थानीयवासीले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस