रामपुर-केही एम्बुलेन्सले नियमित सेवा दिइरहेको रामपुरमा पुनःएम्बुलेन्स थप भएको छ। रामपुरबाट तानसेन, बुटवल, पोखरा तथा नारायणगढसम्म बिरामीलाई अत्यावश्यकीय सेवा पुर्याउनको लागि एम्बुलेन्स पर्याप्त भएका बेला कालीगण्डकी फाउण्डेशन नेपालले एम्बुलेन्स सेवा शुरु गरेको छ।
पाल्पाको पूर्वीभेगका जनतालाई स्वास्थ्य सेवामा सहजता प्रदान गर्न भारतीय दूतावासबाट प्राप्त नागरिकको सेवामा संस्थाले एम्बुलेन्स उपलब्ध गराउनु प्रशंसायोग्य काम भएको रामपुर नगरपालिका-५ का ज्येष्ठ सदस्य फनकुमारी पोखरेलले बताइन। उनले स्वास्थ्य सेवाका लागि बाहिर जान रामपुरका केही एम्बुलेन्सले मात्रै अपुग भएको भन्दै थप सेवा हुनेमा जोड दिइन।
एम्बुलेन्सबाट नगरपालिकाको छोटो दूरीका लागि र गरीब विपन्न परिवारका निम्ति निःशुल्क सेवा प्रदान गरिने कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष नीलकण्ठ भण्डारीले बताए। भण्डारीले रामपुर नगरपालिका क्षेत्रमा यसअघि तीन एम्बुलेन्सले सेवा दिँदा कतिपय अति आवश्यक परेको बेलामा पर्याप्त नभएको भन्दै संस्थाले एम्बुलेन्स सेवा थप गरेको जानकारी दिए।
पाल्पा जिल्लाको रामपुर नगरपालिकासँगै निस्दी गाउँपालिका पूर्वखोला गाउँपालिका स्याङ्जा, तनहुँ र नवलपरासी जिल्लाको समेत पायक पर्ने रामपुर नगरपालिकामा स्वास्थ्य सेवा लिन आउने नागरिकलाई सिफारिस गर्नुपर्ने अवस्थामा एम्बुलेन्सबाट आवश्यकतानुसार सेवा प्रवाह हुन नसकेको अवस्थामा एम्बुलेन्स प्रदान गर्नु राम्रो भएको प्रदेश नं ५ का प्रदेशसभा सदस्य युवराज खनालको धारणा छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस