लहान – सिरहा प्रहरीले डाँका मुद्दामा अदालतबाट छ वर्ष कैद सजाय पाएर फरारसहित लागुऔषध कारोवारमा संलग्न पाँच जनालाई एकै दिन पक्राउ गरेको छ ।
जिल्ला अदालत सिरहाबाट डाँका मुद्दामा फरार ६ वर्ष कैद र एक लाख ८० हजार रुपैयाँ जरिवानाको सजाय पाएर फरार सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी ४० वर्षीय मोहम्मद मुस्तुफा हुसेन मियाँलाई बिहीबार साँझ जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले पक्राउ गरेको हो ।
अदालतको गत २०७१ वैशाख ३० गतेको फैसला आदेश लगतै फरार मियाँलाई आफ्नै घर वतनमा लुकीछीपि बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।
यस्तै ठूलो परिमाणमा लागुऔषधसहित सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स६प ९८०१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा लागुऔषधसहित सिरहाको सखुवानान्कर कट्टी गाउँपालिका–५ निवासी २३ वर्षीय मोहमद अजिम र सोही स्थानका २४ वर्षीय मोहमद हस्मत राईनलाई पक्राउ गरेको छ ।
पक्राउ परेका दुवैको साथबाट लागुऔषध नोर्फिन ४७ एम्पुल, प्रोमोथाइजिन ४७ एम्पुल, डाइजेपाम ४७ एम्पुल गरी १४१ एम्पुल लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए ।
त्यस्तै इलाका प्रहरी कार्यलय माडर सिरहाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको स ८ प ४५३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा सिरहा नगरपालिका–१७ बाट लागुऔषधसहित सिरहाको विष्णुपुर गाउँपालिका–२ निवासी २७ वर्षीय ब्रहमदेव यादव र मिर्चैया नगरपालिका–७ निवासी २५ वर्षीय सुली महरालाई लागुऔषध डाइलेक्स डिसी सात बोतलसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस