बागलुङ-जिल्ला प्रहरी कार्यालयले अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने दुई हजार ५०० लिटर जाँड बरामद गरी नष्ट गरेको छ। बिहीबार साँझ बागलुङ नगरपालिका-३ मुलपानीस्थित रेशमबहादुर जिसीको घरमा फेला परेको जाँड जनप्रतिनिधि, आमा समूहका पदाधिकारीलगायतको रोहबरमा खाडलमा पुरी नष्ट गरिएको जनाइएको छ।
जाँडमा पुराना चप्पल, जुत्ता र खुर्सानीसमेत मिसावट गरिएको पाइएको प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताए। उनले घरेलु मदिरा उत्पादक र प्रयोगकर्तालाई सचेत हुन आग्रह गरे। स्थानीय ‘योङ ओमन लिडर महिला समूह’को सक्रियतामा प्रहरीले मदिरा बनाउन प्रयोग हुने जाँड बरामद गरेको हो। ‘समुदाय-प्रहरी’ साझेदारी कार्यक्रम शुरु भएपछि सामाजिक विकृति न्यूनीकरणमा सहजता थपिएको छ।
जिल्ला प्रहरी कार्यालयले अवैध घरेलु मदिरा बनाउन प्रयोग हुने दुई हजार ५०० लिटर जाँड बरामद गरी नष्ट गरेको छ। बिहीबार साँझ बागलुङ नगरपालिका-३ मुलपानीस्थित रेशमबहादुर जिसीको घरमा फेला परेको जाँड जनप्रतिनिधि, आमा समूहका पदाधिकारीलगायतको रोहबरमा खाडलमा पुरी नष्ट गरिएको जनाइएको छ।
जाँडमा पुराना चप्पल, जुत्ता र खुर्सानीसमेत मिसावट गरिएको पाइएको प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताए। उनले घरेलु मदिरा उत्पादक र प्रयोगकर्तालाई सचेत हुन आग्रह गरे। स्थानीय ‘योङ ओमन लिडर महिला समूह’को सक्रियतामा प्रहरीले मदिरा बनाउन प्रयोग हुने जाँड बरामद गरेको हो। ‘समुदाय-प्रहरी’ साझेदारी कार्यक्रम शुरु भएपछि सामाजिक विकृति न्यूनीकरणमा सहजता थपिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस