काठमाडौँ-राष्ट्रियसभाका सांसदहरुले ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका धनुषाका दिलीप महतोका वास्तविक दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन्।
राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद डा विमला राई पौडेलले दिलीप हत्या प्रकरणमा संलग्न व्यक्तिलाई सजाय मात्रै दिनेभन्दा पनि अब कहिलै त्यस्तो हुँदैन भनेर सुनिश्चित गर्नुपर्छ भनिन। उनले भनिन, “छाडा क्रसर उद्योगको छाडापन रोक्नुपर्छ, उत्खनन नियमन गर्नुपर्छ, ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खननको दीर्घकालीन समाधान खोज्नुपर्छ, राष्ट्रपति चुरे तराई मधेश विकास बोर्डले अवैध क्रसर उद्योग रोक्न के काम गर्दैछ जवाफ चाहिन्छ।”
सांसद कोमल वलीले दिलीप महतोको हत्याको विरोध गर्दै अपराधीलाई कडा कारवाही गर्नाका साथै सो घटनाबाट जनतामा आएको त्रसित मानसिकता हटाउनुपर्ने बताइन। “मानवता कमजोर भएको छ, त्यस घटनामा प्रहरी प्रशासन उदासीन देखिन्छ, राज्यमा सरकार छ, प्रहरी प्रशासन छ, प्रहरी प्रशासनप्रति विश्वास गर्ने वा नगर्ने अन्योल छ।”
सांसद वृषेशचन्द्र लालले वातावरण र नदीनालाको संरक्षणको कुरा गर्दै गर्दा दिलीप महतोलाई टिपरले किचेर हत्या हुँदा त्यसका बारेमा प्रहरी प्रशासन किन चुप लागेको छ भन्दै प्रश्न गरे। “बिनामुचुल्का प्रहरीले शव उठाएको छ, त्यसमा प्रहरी प्रशासनको मिलेमतो हुनसक्छ, यसले देशको शान्तिसुरक्षाको अवस्था झल्किन्छ,” उनले भने। सांसद प्रमिला कुमारीले पछिल्लो समयमा देशका विभिन्न स्थानमा हत्या, हिंसा मौलाउँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन। सांसद रामलखन चमारले सरकारले अगाडि सारेको शिक्षाका लागि निर्ब्याजी ऋण दिने विषयलाई व्यावहारिरूपमै कार्यान्वयन गर्नुपर्ने माग गरे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस