काठमाडौँ,-गत साता धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले उकालो यात्रा तय गर्दै नयाँ इतिहास कायम गयो ।
बजार उकालो लाग्ने क्रम बढ्दै गर्दा झण्डै डेढ वर्ष पहिलेको अवस्थामा पुग्यो । नेप्सेको उकालो यात्रासँगै बजार एक हजार ३०० विन्दु माथि पुगेर‘बुलिस ट्रेन्ड’ लाई स्थापित भयॊ।
लगानीकर्तामा विश्वास बढेसँगै बजारले नयाँ गति समेटेको जानकारले टिप्पणी गरेका छन् । साताभर पाँच कारोवार दिनमा बजार नयाँ विन्दुमा पुगेर बन्द भएको छ । साताभर कूल १८३ कम्पनीका दुई करोड ११ लाख ९७ हजार १९५ कित्ता शेयर रु छ अर्ब ६७ करोड २० लाख ६१ हजार ९३२ मा खरिदबिक्री भयो ।
साताको पहिलो दिन आइतबार नेप्से ४२.६१ विन्दुले बढ्यो । सो दिन कूल १७९ कम्पनीका ३८ लाख ३१ हजार ५४ कित्ता शेयर रु एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार ९६७ मूल्यमा खरिदबिक्री भए । सोमबार नेप्से परिसूचक १५.१४ विन्दुले बढ्दा १८३ कम्पनीका ५५ लाख १८ हजार ६३६ कित्ता शेयरको रु एक अर्ब ७० करोड ५० लाख ६० हजार ६६४ बराबर कारोवार भयो ।
आइतबार र सोमबार बजार बढ्दा मङ्गलबार भने परिसूचक नकारात्मक दिशामा मोडियो । मङ्गलबार नेप्से परिसूचक ७.४८ अङ्कले घट्यो । उक्त दिन १८३ कम्पनीका ३७ लाख ६६ हजार ९८२ कित्ता शेयर रु एक अर्ब दुई करोड ६४ लाख ४३ हजार ६६६ मा खरिदबिक्री भए ।
माघको पहिलो दिन परिसूचक २०.८५ अङ्कले बढेर कूल १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता शेयरको रु ९० करोड ४८ लाख १३ हजार ९३२ मा कारोवार भयो । साताको अन्तिम दिन पनि परिसूचक बढ्ने क्रमले निरन्तता पायो । बिहीबार नेप्सेमा २६ अङ्कको सुधार देखियो । बिहीबार कूल ५० लाख २५ हजार ५६३ कित्ता शेयरको रु एक अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ मा कारोबार भयो ।
यस्तै यस साता नेप्सेमा दुई कम्पनीका शेयर सूचीकृत भए । ग्लोबल आइएमई बैंक र जनता बैंकको मर्जरपछि सात करोड २० लाख ८७ हजार ८१ कित्ता र सिर्जना फाइनान्सका २७ लाख ६४ हजार ६९२ कित्ता हकप्रद शेयर सूचीकृत भए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस