धनगढी – छाउ (महिनावारी) भएको बेला घरको बाटो हिंडेको भन्दै कञ्चनपुर जिल्लामा दुई महिलामाथि कुटपिट भएको छ । जिल्लाको बेल्डाँडी गाउँपालिका १ की ३१ वर्षीया ईश्वरी खड्का र ३६ वर्षीया गीता खड्कामाथि कुटपिट भएको हो ।
महिनावारी भएको समयमा घर नजिकको बाटो भएर हिंडेको भन्दै स्थानीय दलबहादुर शाहले शुक्रबार कुटपिट गरेको पीडित महिलाका आफन्तले बताएका छन् ।
कुटपिटबाट घाइते महिलाहरुको बेल्डाँडी स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि धनगढी पठाइएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ । प्रहरीका अनुसार कुटपिटमा संलग्न दलबहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
कुटपिटबाट घाइते महिलालाई धनगढीस्थित नोभा हस्पिटलमा उपचार भई घर फर्किसकेको प्रहरीको भनाई छ । राजधानी दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस