ललितपुर – ललितपुरका तीनै गाउँपालिका एम्बुलेन्सविहीन छन् । स्थानीय तहमा जनप्रतिनिधि आएको तीन वर्ष बितिसक्दा पनि उनीहरूको प्राथमिकतामा नागरिकको स्वास्थ्य उपचार नपर्दा स्थानीयवासी तरकारी बोक्ने गाडी र दूध बोक्ने ट्यांकरमा बिरामी राखेर अस्पताल लैजान बाध्य छन् ।
नयँपत्रिका दैनिकका अनुसार, ललितपुरको बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र महांकाल गाउँपालिका एम्बुलेन्सविहीन छन् । यहाँका बासिन्दा गाउँमा कोही बिरामी परे दूध बोक्ने ट्यांकर र तरकारी बोक्ने गाडीमार्फत अस्पताल पु-याउँछन् ।
गाउँमा यस्ता गाडी पनि नपाए ललितपुरकै सहरी क्षेत्र चापागाउँ, सातदोबाटो, लेलेलगायतबाट एम्बुलेन्स बोलाउने गरेको स्थानीय बताउँछन् । यी स्थानबाट गाउँपालिकासम्म एम्बुलेन्स पुग्न कम्तीमा ४५ मिनेट लाग्छ । गाउँमा सहजै सवारीसाधन नपाउँदा गम्भीर प्रकृतिका बिरामीले उपचार अभावमा ज्यानै गुमाउनुपर्ने बाध्यतासमेत छ ।
दलचोकीका मदन थापाका अनुसार दुर्घटनामा परेका र प्रसूति बेथा लागेका बिरामी सबैभन्दा धेरै मारमा पर्छन् । उनले भने, ‘गाउँमा एम्बुलेन्स छैन । केही बिरामी परे लेले, लगनखेल, सातदोबाटोलगायतका ठाउँबाट एम्बुलेन्स मगाउँछौँ ।’
प्रसूति बेथा लाग्दा दूध बोक्ने ट्यांकर वा अन्य सवारीसाधनमा अस्पताल लैजाँदा बीचबाटोमै तलमाथि हुने हो कि भन्ने डर लाग्ने गरेको स्थानीय ज्ञानु नगरकोटीको भनाइ छ । उनले भनिन्, ‘प्रसूति बेथा, दुर्घटनाजस्ता घटना हुँदा एम्बुलेन्स बोलाउन समय लाग्छ । जसले गर्दा दूध बोक्ने ट्यांकर वा अन्य गाडी खोजेर अस्पताल पु(याउँछौँ ।
यस्तो वेला बिरामी अस्पतालसम्म पुग्छ कि पुग्दैन भन्ने लाग्छ ।’ महांकाल गाउँपालिकाकी उपाध्यक्ष कमला लामा तामाङले पनि एम्बुलेन्स अभावमा स्थानीयले समस्या भोगिरहेको स्वीकार गरिन् ।
गाउँपालिकाहरूले वडास्तरीय स्वास्थ्यचौकीबाट आधारभूत स्वास्थ्य सेवा भने प्रवाह गरिरहेका छन् । तर, आधारभूत स्वास्थ्य सेवाबाहेकका सेवा लिनुपर्दा ठूला अस्पताल जानुपर्ने हुन्छ ।
बागमती गाउँपालिका ललितपुर महानगरपालिकाको एकान्तकुनाबाट ३० किलोमिटर दूरीमा छ । यस्तै, कोन्ज्योसोम गाउँपालिका लगनखेलबाट २४ किलोमिटर र महांकाल गाउँपालिका ५० किलोमिटर दूरीमा छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस