काठमाडौं राष्ट्रिय जनता पार्टी (राजपा) ले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न पार्टीमा ह्वीप(निर्देशन) जारी गरेको छ ।
राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले आज विज्ञप्ति जारी गरी यही माघ ९ गते हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न पार्टीमा ‘ह्वीप’ जारी गरेका हुन् ।
राजपाले अन्य समूहमा मृगेन्द्रकुमार सिंह र अल्पसङ्ख्यकमा शेखरकुमार सिंह र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महिलामा तुलासा दाहाल र दलितबाट राधेश्याम पासपानलाई उम्मेदवार बनाएको छ ।
प्रदेश नं २ मा राजपाका २५ जना प्रदेश सांसद र स्थानीय तहका ४४ गरी ६९ जना मतदाता रहेका छन् । राजपाले राष्ट्रियसभा चुनावमा प्रदेश २ मा नेकपासँग चुनावी तालमेल गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस