कास्की – अन्नपूर्ण पदयात्राका लागि गएका केही व्यक्ति अझैसम्म भेटिएका छैनन् । सम्पर्कविहीन हुनेमा दक्षिण कोरियाका जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक जा तथा शेर्पा छिसिङ लामा, भरिया मीनबहादुर लामा र सरोज नेपाली छन् । यस्तै, मनाङमा चारजना चिनियाँ नागरिक सम्पर्कविहीन छन् ।
हालसम्म अन्नपुर्ण सर्किटको देउराली आसपासमा ४ जना कोरियाली पर्यटक सहित ३ नेपाली सम्पर्कमा आउन नसकेका पर्यटन विभागले जनाएको छ ।
खराब मौसमका कारण उनीहरूसँग कुनै सम्पर्क हुन सकेको छैन ।
शुक्रबार अन्नपूर्ण आधार शिविर जान हिँडेका उनीहरू तीन हजार एक सय मिटरको देउरालीसम्म पुगेका थिए । मौसम खराब रहेको थाहा पाएपछि त्यहीँबाट फकर्ने क्रममा उनीहरू सम्पर्कविहीन भएका हुन् ।
सम्पर्कविहीन भएकाको खोजीका लागि शनिबार चारवटा हेलिकोप्टर प्रयोग गरिएको थियो । उनीहरू हराएको भनी शंका गरिएको स्थान धेरै ठूलो नभए पनि केही पत्ता नलागेको अन्नपूर्ण गाँउपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङको भनाई छ ।
विभिन्न स्थानमा अलपत्र परेका २०० भन्दा बढी पर्यटक र गाइडहरुलाई उद्धार गरिएको छ । सातजनालाई अन्नपूर्ण आधार शिविर, १२० जनालाई माछापुच्छ आधार शिविर र देउरालीबाट १४ जनालाई उद्धार गरिएको हो ।
उनीहरुको उद्धारका लागि चार वटा हेलिकप्टर प्रयोग गरिएको थियो । ती दुई हिमालको आधार शिविर पुग्ने बाटो देउराली भन्ने स्थानमा हिम पहिरो जाँदा पर्यटक र गाइड फसेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस