भक्तपुर – नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेतले जनताको सामु गरेका प्रतिवद्धता पुरा गर्ने बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका उनले विकासका नाममा कुनै पनि जनतालाई सुकुम्वासी हुन नदिने बताए ।
मध्यपुर थिमी नगरपालिका ३ गठ्ठाघरमा भएको कार्यक्रममा उनले लामो समयदेखीको जनताको विकास प्रतिको तिर्खा मेट्ने गरी भक्तपुरमा साना ठूला योजनाको साथमा राष्ट्रिय गौरवका आयोजनाहरु समेत निर्माणको प्रकृयामा रहेको बताए ।
उनले भने, ‘हामी बोलेर हैन, काम गरेर जवाफ दिन्छौं, विकासको नाममा जनतालाई सकुम्बासी बनाउँदैनौं । भक्तपुरमा निर्माणधिन हनुमन्ते कोरिडोर निर्माणको सवालमा कसैलाई सुकुम्वासी हुन दिइन्न । ल्याण्ड पुलिङ ९जग्गा एकिकरण आयोजना०को माध्यमबाट काम अघि बढाइएको छ । त्यस्तै अन्य ठाउँमा समेत सरकारले विकास निर्माण गर्दा कोही जनतालाई समस्या पर्ने भएमा मुआव्जाको व्यवस्था गर्छ । जनताको भावना विपरित काम अघि बढ्दैन । समस्या आए सम्बन्धीत व्यक्ति, समुदाय तथा निकायसँग छलफल र सहकार्यको माध्यमबाट समाधान हुन्छ ।’
भक्तपुरका जनताको ऐतिहासिक सपना साकार पर्ने कार्य भइरहेको उल्लेख गर्दै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरका जनताकोलागी मात्र नभई आम उपत्यका वासीको कोटेश्वर जडिवुटीको सवारी जामको अन्त्यको लागि महत्वपूर्ण कार्यको रुपमा हनुमन्ते करिडोर एक अर्व ९९ करोडको लागतमा बन्ने क्रममा रहेको बताए ।
भक्तपुर जिल्ला भरीको खानेपानी, ढल, सडक, पुललगायतका भौतिक संरचना समस्या समाधान भइरहेको बताउँदै उनले उज्यालो अभियान अन्तरगत मनोहरा तर्फबाट सोलार लाईट राख्ने कार्य तथा सूर्यविनायकबाट उज्यालो सौन्दर्य अभियान अन्तरगतका कार्य भइरहेको बताए ।
सामाजिक संस्थाहरु जनताको सारथीको रुपमा रहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षालाई कायम गर्न मात्र नभई समुदायको विकास र समृद्धिको लागि समेत सेवा केन्द्रले विशेष भूमिका निर्वाह गरेको बताए ।
मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अप्ठ्यारो कामलाई सहज बनाउन सेवा केन्द्रले महत्वपूर्ण कार्य गरेको उल्लेख गर्दै ट्राफिक, सडकलगायतका क्षेत्रमा भइरहेको अस्तव्यस्थतालाई समाधान गरी अघि बढ्नुपर्नेमा जोड दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस