नवलपुर-दुर्घटना न्यूनीकरण अभियानस्वरूप जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले शुरु गरेको सवारीसाधन जाँचका क्रममा चार वटा चोरीका मोटरसाइकल बरामद भए ।
जिल्लाको भित्री सडकखण्डमा प्रहरीले जाँचलाई तीव्रता दिएसँगै एकै दिनमा चार वटा मोटरसाइकल बरामद भए।जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाकाअनुसार जिल्लाको भित्री सडकमा चोरीका मोटरसाइकल बढी गुड्न थालेका छन् ।
भारतीय सीमावर्ती बजार नजिकै भएकाले यहाँ चोरीका मोटरसाइकल बढी गुड्ने गरे ।दुर्घटनामा चोरीका मोटरसाइकल प्रयोग भएको अनुसन्धानमा पाइएपछि त्यस्ता सवारीसाधन नियन्त्रणको रणनीति लिएका हौँ ।” गण्डकी प्रदेशमै सबैभन्दा बढी दुर्घटना हुने जिल्ला नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले शुरु गरेको अभियानका क्रममा चार वटा चोरीको मोटरसाइकल बरामद गरिएको थापाले बताए ।
“हामीले जिल्लाको भित्री सडकमा सवारीसाधन जाँचलाई कडाइ गर्न थालेका छौँ”, थापाले भन्नुभयो, “हाम्रो जाँचका क्रममा एकै दिन चार वटा चोरीको मोटरसाइकल नियन्त्रणमा लिन सफल भयौँ ।” ट्राफिक प्रहरीले सवारीसाधन जाँच गरेको थाहा पाएपछि चालकले मोटरसाइकल छोडेर भाग्ने गरेको थापाले बताए । नवलपुर ट्राफिक प्रहरीले बा ९८ प ८५४३ नम्बरको एनएस २०० पल्सर, अन टेस्ट लेखिएको केटिएम डुक, से ७ प ८२५७ नम्बरको २०० सिसीको कालो पल्सर र लु४२प ९७७० नम्बरको एनएस २०० पल्सर एकै दिनमा बरामद गर्न सफल भए ।
त्यस्तै, सवारीसाधन जाँचका क्रममा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, सवारी चालक अनुमतिपत्र विना र हेल्मेट नलगाई मोटरसाइकल चाउने व्यक्तिहरु धेरै भेटिएको थापाले बताए। हेल्मेट र सवारीसाधन अनुमतिपत्र नभएका व्यक्तिको मोटरसाइकल नियन्त्रणमा लिएर जरिवाना गरेपछि उनीहरुको अभिभावकलाई सवारीसाधन बुझाउने गरेको थापाले जानकारी दिए । करिब ७० किलोमिटर राजमार्ग भएको नवलपुरमा गण्डकी प्रदेशकै सबैभन्दा बढी दुर्घटना हुने गरे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस