बागलुङ– जिल्लाका चार सहकारी एकापसमा गाभिएका छन् । कालिका, हाम्रो धौलागिरि बचत तथा ऋण, जनता सञ्चार र आदर्श नमूना बचत तथा ऋण सहकारी संस्था गाभिएका हुन् । एकीकरणपछि सहकारीको नाम कालिका सहकारी संस्था लिमिटेड राखिएको छ । एकीकृत पूँजीको विकास, दोहोरो सदस्यता अन्त्य र सहकारीको गुणस्तर बढाउने उद्देश्यसहित सहकारी एकीकरण गरिएको हो । एकीकृत सहकारी संस्थाको अध्यक्षमा हिमालप्रसाद शर्मा चयन भएका छन् ।
सहकारी सङ्घसंस्था एकीकरण कार्यविधि–२०७०, सहकारी ऐन र नियमावलीको व्यवस्थामा टेकेर सहकारी एकीकरण गरिएको अध्यक्ष शर्माले बताएका छन् । “आउँदो शनिबार हुने साधारणसभाबाट एकीकरणलाई अनुमोदन गरेर अगाडि बढ्छौँ”, उनले भने ।
एकीकरणपछि सहकारीको कूल शेयर पूँजी रु पाँच करोड २३ लाख पुगेको छ । यस्तै शेयर सदस्य सङ्ख्या ६२१ छ । रु नौ करोड बचत र रु एक अर्ब १३ करोड वार्षिक कारोवार रहेको अध्यक्ष शर्माले जानकारी दिए । सहकारीको कार्यक्षेत्र जिल्लाभर छ ।
पूँजी, भौतिक तथा मानवीय संसाधनद्वारा सक्षम बनाउन तथा दिगो विकास र स्थायित्व कायम गर्न सहकारी एकीकरण हुने गरेका छन् । एकीकरणका लागि सम्बन्धित सहकारी संस्थाका शेयर सदस्य, सञ्चालक समिति, लेखा समितिलगायत अन्य समिति र पदाधिकारीसँग छलफल गरी सहमति जुटाउनुपर्ने प्रावधान छ ।
यस्तै शर्त तथा कार्यविधि तय गर्न संयुक्त कार्यदल बनाउनुपर्ने, कार्यविधि साधारणसभामा लैजाने र साधारणसभाबाट पारित गरी आवश्यक प्रक्रियामार्फत सहकारी संस्था एकीकरण गर्न सकिने व्यवस्था एकीकरणसम्बन्धी कार्यविधि–२०७० ले गरेको छ ।
यस्तै रामरेखा बहुउद्देश्यीय, रात्माटा कृषि र मूलपानी कालिका सहकारी संस्थालाई एकीकरण प्रक्रियामा ल्याउन छलफल चलिरहेको कालिका सहकारीले जनाएको छ । हालसम्म जिल्लामा १५ भन्दा बढी सहकारी संस्था एकीकरण भइसकेका छन् । जिल्लामा पहिलोपटक विसं २०७० मा बागलुङ सदरमुकाममा रहेको सिवाइसी बचत तथा ऋण सहकारी संस्था र छिमेकी तित्याङको कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एकीकरण भएको थियो । सरकारले सहकारी संस्थालाई व्यवस्थित र प्रभावकारी बनाउन एकीकरणको नीति ल्याएको हो । जिल्लामा ४०० बढी सहकारी संस्था छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस