काठमाडौँ – गत साउनमा मन्त्रिपरिषद् बैठकले साझा सहकारी संस्थालाई विद्युतीय बस किन्न उक्त रकम दिने निर्णय गरेको थियो। काठमाडौंको ट्राफिक व्यवस्थापनमा ठूला बस सहयोगी हुने भन्दै सरकारले साझा यातायातलाई ३ अर्ब रुपैयाँ दिने भनेकाे थियो।
तर, साझाले अहिलेसम्म बस किनेको छैन। साझाले बस नकिनेकाले पैसा फिर्ता लिने निर्णय गरिएको र अब सरकारले नै विद्युतीय बस किन्ने सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
यसअघि सरकारले ३०० बिजुली बस खरिद गर्न साझा यातायातलाई ३ अर्ब रुपैयाँ दिए पनि खरिद प्रक्रिया रोकिएको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असोजमा साझालाई पत्र काटेर खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको थियो।
खरिद प्रक्रिया टुंगो नलागुञ्जेल साझाले सरकारबाट प्राप्त रकम बैंकमा राखेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस