काठमाण्डौ-महेन्द्रनगरको बसपार्क नजिक रहेको चम्मन चौकमा टिप्परले ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ। बैतडीको दशरथ चन्द नगरपालिका-१ गुरुखोला घर भएर पढाईका शिलशिलामा महेन्द्रनगर बस्दै आएकी रमिता भट्टको टिप्पर चालक जयराज पनेरुको लापर्बाहीका कारण घटनास्थलमै मृत्यु भएको हो।
उनि पढाईका शिलशिलामा भीमदत्त नगरपालिका-१८ गोबरियामा डेरा गरि बस्दै आएकी थिईन। मृतक कंचनपुरको जनज्योती बहुमुखी क्याम्पस महेन्द्रनगरमा बि.एड तेस्रो वर्षमा अध्ययनरत हुन्। यहि माघको १३ गते मृतक भट्टको विवाहको तयारी चल्दै गरेको परिवार स्रोतले जनाएको छ। आफ्नै विवाहको कार्ड वितरणबाट डेरामा फर्कने क्रममा टिप्परले अनिताको ज्यान लिएको हो।
जोशी विल्डर्स एण्ड कस्ट्रक्सनको उक्त टिप्परले ठक्कर दिदा विवाहको तयारीमा रहेकी रमिताको अकालमै ज्यान गएको परिवारले जनाएको छ। रमिताको महेन्द्रनगरमै बिहेको तयारी चलेको थियो।
भाँसी बाट बजार तर्फ आइरहेको से १ क ८८७ नम्बरको टिप्परले साइकलमा सवार रमितालाई ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो। टिप्परको ठक्कर पछि महेन्द्रनगर पुरै तनावग्रस्त बनेको थियो। टिप्पर र चालक पनेरुलाई प्रहरीले नियन्त्रमा लिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस