काठमान्डौ-ईङ्लिस प्रिमियर लिग फुटबलको २४ औ चरणमा लिभरपुलले १६ अंकको अग्रता बनाएको छ। गएराती भएको खेलमा उल्भ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै लिभरपुलले फराकिलो अग्रता बनाएको हो।
उल्भ्सको घरेलु मैदानमा भएको खेलमा पहिलो हाफको आठौं मिनेटमा हेन्डरसनले कर्नर बलमा हेडमार्फत गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए।
दोस्रो हाफको ५१ औ मिनेटमा घरेलु टोलीका जिमेनेजले लागि बराबरी गोल फर्काएका थिए। बराबरीतर्फ उन्मुख भइरहेको बेला,खेल सकिन ६ मिनेट अगाडी फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-१ को जित दिलाए।
लिभरपुलले लिगका पछिल्ला १४ खेलमा जित निकालेको छ। लिभरपुल प्रिमियर लिगको ४० खेलमा अपराजित रहने तेस्रो टिम बनेको छ।
शीर्ष स्थानको लिभरपुलले २३ खेलबाट ६७ अंक जोडेको छ। उल्भ्स ३४ अंक सहित सातौ स्थानमा छ।
२४ औ राउण्डका खेलका नतिजाहरु
टोटेनहम हट्स्पर्स १-० नर्विच सिटी
वर्नली २-० म्यानचेस्टर युनाईटेड
एफ सी बर्नेमाउथ ३-१ ब्राईटन
एस्टन भिल्ला २-१ वाटफोर्ड
एभर्टन २-२ न्युक्यास्टल
म्यानचेस्टर सिटि १-० शेफिल्ड युनाईटेड
साउथह्याम्टन २-० क्रिस्टल प्यालेश
चेल्सी २-२ आर्सनल
लेस्टर सिटि ४-१ वेस्ट ह्याम
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस