तुलसीपुर-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको आज स्थलगत अनुगमन तथा अवलोकन गरे।
सो क्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले विमानस्थलका बारेमा जानकारी गराउँदै ७५० मिटर लम्बाइ रहेको उक्त विमानस्थललाई एक हजार २०० मिटर बनाउन पर्याप्त जमिन भएकाले यसको स्तरवृद्धि गर्न कुनै कठिनाइ नभएको बताए।
उहाँले उक्त विमानस्थल नियमित सञ्चालनमा आएपछि यात्रुको चाप बढेको भन्दै विमानस्थलको स्तरवृद्धि गरेर ठूलो विमान ल्याएमा सहज हुने बताए। टरिगाउँ विमानस्थल वातावरणीय हिसाबले पनि उत्तम रहेको भन्दै उहाँले अहिले विमानस्थलमा इन्धन डिपो र ब्राउजर आवश्यक रहेको जानकारी दिए।
प्रमुख पाण्डेले दाङमात्रै नभई, सल्यान, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, प्यूठान, जाजरकोट, सुर्खेतलगायतका करिब १० लाख मानिसलाई यो विमानस्थलबाट सेवा प्रवाह गर्न सकिने बताए।
सो अवसरमा मन्त्री भट्टराईले यस वर्ष टरिगाउँ विमानस्थलको स्तरवृद्धिका लागि बजेट विनियोजन भएको बताए। आगामी वर्ष पनि विमानस्थल विस्तारका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गरे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस