निःशुल्क रुपमा १५ हजार ८०० बिरामीको शल्यक्रिया गरी सम्भवतः देशकै नमूना बन्न प्रस्तावित चरीकोट अस्पताल सफल भएको छ ।
चार वर्षका अवधिमा पोसिबल हेल्थ नामक अमेरिकी संस्थाको आर्थिक सहयोगमा न्याय हेल्थ नेपालले दोलखाको सदमुकाम चरीकोटस्थित प्राथामिक स्वास्थ्य केन्द्रलाई प्रस्तावित चरीकोट अस्पतालका रुपमा सञ्चालन गर्दै आएको छ ।
नागरिकलाई सहज र सरलरुपमा स्वास्थ्य सेवा प्रदान गर्दै हजारौँको जटिल शल्यक्रियासमेत गरी देशकै नमूना बन्न प्रस्तावित अस्पताल सफल भएको भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले बताए।
नगर प्रमुख केसीले अस्पतालमा आइसियु, सिटी स्क्यान र एमआरआईको व्यवस्था गरी एक सय शय्याको बनाउन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए ।
उहाँ भन्नुहुन्छ, “यो अस्पताललाई मेडिकल कलेज बनाउन नगरपालिकाले काम शुरु गरिसकेको छ । आगामी वर्षदेखि नगरपालिकाले हेल्थअसिटेण्ट र स्टाफ नर्स तहका कक्षा सञ्चालन गर्ने योजना बनाएको नगर प्रमुख केसीको भनाइ छ ।
न्याय हेल्थ नेपालका स्वास्थ्य सेवा निर्देशक डा विनोद दङ्गालले चार वर्षमा दुई लाख २८ हजार ३७ बिरामीलाई ओपिडी सेवा दिइएको र १५ हजार ८०७ जनाको शल्यक्रियासहितको उपचार गरिएकामा ९४० गम्भीर प्रकृतिका शल्यक्रिया भएको जानकारी दिए। उहाँले भन्नुभयो, “चरीकोट अस्पतालले निकै जटिल प्रकृतिका शल्यक्रिया पनि जिल्लामै गर्न सफल भएको छ।”
अस्पतालका डा हिमसहिल खड्काले ओपिडीमा आएका दुई लाख २८ हजार ३७ बिरामीमध्ये सात हजार ९९० लाई अस्पतालमै भर्ना गरेर उपचार गरिएको बताए। चार वर्षका अवधिमा तीन हजार १५५ जनालाई सुरक्षित सुत्केरी गराइएकामा ३९५ जना शल्यक्रियामार्फत सुत्केरी भएको जनाइएको छ ।
अस्पतालमा सो अवधिमा दुई लाख ८१ हजार ७४२ जनाको प्रयोगशाला परीक्षण र चार हजार ५५४ जनाको दाँतको उपचार भएको छ । अहिलेसम्म चार हजार ६१६ जनाले अस्पतालमा आएर स्थायी बन्ध्याकरण गराएका छन् । अस्पतालले बिरामीको सम्पूर्ण उपचार र औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ ।
विभिन्न जटिल तथा सामान्य प्रकृतिका उपचार अस्पतालमा हुने भएपछि आसपासका जिल्लाबाट साथसाथै दुर्गम जिल्लाबाट समेत बिरामी आउने गरेका छन् । अस्पतालले डिजिटल माध्यम प्रयोग गरी कागजविहीन प्रणालीसमेत प्रयोेगमा ल्याएको छ जसमा बिरामीको सम्पूर्ण विवरण राखिएको हुन्छ ।
दोलखा र आसपासका जिल्लाबाट आउने बिरामीले संस्थाबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवा निःशुल्क रुपमा लिइरहेका छन् । ठूला शहर गई महंँगा अस्पतालमा खर्च उठाउन नसक्ने गरीब सर्वसाधारणका लागि न्याय हेल्थ नेपाल बिरामीको वरदानका रुपमा नै सावित भएको छ ।
संस्थाले तत्कालै नगरपालिकाको सहयोगमा ‘हाइ डिपेन्डेन्सी युनिट’ पनि सञ्चालनमा ल्याउने भएको छ । अस्पतालले यसै सालदेखि एचआइभी एड्सका बिरामीका लागि पनि निःशुल्क औषधि वितरण गर्ने गरी एआरटी सेण्टर सञ्चालनमा ल्याएको छ ।
न्याय हेल्थ नेपालले प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा सञ्चालन गर्दा चार वर्षमा रु ४० करोड खर्च गरिएको जनाए । भूकम्पले ध्वस्त बनाएका दोलखाका विभिन्न स्वास्थ्यचौकीको पुनःनिर्माण, अस्पताल सञ्चालन र सामुदायिक स्वास्थ्य कार्यक्रममा खर्च भएको न्याय हेल्थ नेपालका वरिष्ठ लेखा अधिकृत गोपी श्रेष्ठले जानकारी दिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस