सोल-हिमपहिरोमा परि बेपत्ता भएका दक्षिण कोरियाली नागरिकहरुको खोजीकार्य प्रतिकुल मौसमका कारण तत्काललाई सम्भव नहुने भएको छ ।
नेपाली उद्धारकर्ता तथा कोरियाली स्वयंसेवक उद्धारकर्ताहरुले गत शुक्रवारबाट नै निरन्तर उद्धारको प्रयास गरेता पनि प्रतिकुल मौसमका कारण उद्धारको काम अवरुद्ध भएको हो ।
अन्नपूर्ण पदमार्गमा गत शुक्रवार गएको हिम पहिरोमा ४ कोरियाली तथा ३ नेपालीहरु बेपत्ता रहेका छन् ।
दक्षिण कोरियाली उद्धारकर्ता तथा नेपाली सेनाको र्यापिड रेस्क्यु टोली सो हिमपहिरोमा परेका हरुको उद्धारमा खटिएता पनि निरन्तर गइरहेको हिम पहिरोका कारण प्रयास निरर्थक भएको उद्धारकर्ताहरुले जनाएका छन् ।
उद्धार कार्यमा सहभागी एक कोरियाली स्वयंसेवक उम होङ्ग गिलका अनुसार बेपत्ताहरु कम्तिमा पनि १० मिटर हिउँमा पुरिएका हुन सक्छन् ।
बेपत्ताहरु सँगै टोलीमा गएका अन्यलाई भने हेलीकप्टरले उद्धार गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस