ललितपुर-युवाका ज्ञान, सीप र दक्षतालाई स्वदेशभित्र परिचालन हुने वातावरण सिर्जन गर्न माग गरिएको छ ।
रोटरी क्लब अफ जावलाखेलद्वारा संयुक्तरूपमा ‘प्राविधिक र पेशागत शिक्षा विकासमाः रोटरीयनको भूमिका’ विषयक आज आयोजित कार्यक्रमका सहभागीले मुलुकमा रोजगारीका अवसर नहुँदा युवाले सस्तो मूल्यमा विदेशमा काम गरिरहेका बताए।
रोटरी नेपाल लिट्रेसी मिसनका अध्यक्ष तीर्थमान शाक्यले युवालाई सरकारले आवश्यक सीपको व्यस्था गरिदिनुपर्ने घारणा व्यक्त गरे। पुराना वस्तुको संरक्षण र प्रवद्र्धनमा सरकारले युवालाई दक्ष बनाउन विभिन्न विषयको तालीम व्यवस्था गरिदिनुपर्ने उनले बताए।
पेशागत सेवा समिति उपाध्यक्ष कमल रुपाखेतीले नेपालमा रहेका १२५ रोटरी क्लबले पेशागत शिक्षालाई अघि बढाउनआवश्यक रहेको जानकारी दिए। नेपाल हस्तकला महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले हस्तकलामा युवालाई आवश्यक ज्ञान र सीप प्रदान गर्नुपर्छ भने । कार्यक्रममा १७ महिलालाई चालकको तालीम दिइएको जानकारी दिइएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस