काठमान्डौ-झापामा अल्पसङ्ख्यामा रहेका सात आदिवासी समुदाय सरकारको जनजाति सूचीबाट छुटेको पाइएको छ। आफ्नै भाषा, संस्कृति र भूगोल भएका मुण्डा, पाहान, खडिया, ग्वाल, कँवर, रौतिया र मालपाँडे जातीय समुदाय जनजातिको सरकारी सूचीकरणमा छुटेको नेपाल मुण्डा उत्थान समितिका सल्लाहकार एवं आदिवासी नेता बन्धन मुण्डाले बताए। उनका अनुसार अरु पनि थुप्रै जाति अस्तित्वमा रहेका र राज्यले पहिचान नदिएको पाईएको छ।
धेरैपटक आवाज उठाइसके पनि मागको सुनुवाइ अहिलेसम्म छैन। जनजातिको सूचीकरण नहुँदा ती जातिको उत्थानमा बाधा उत्पन्न भएको छ। सरकारले गठन गरेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले मुलुकमा रहेका आदिवासी जनजातिको सूचीकरण गर्दै आएको छ। विसं २०५८ मा पहिलोपटक नेपालका ५८ जातीय समुदाय जनजातिको सूचीमा दर्ता भएका थिए। त्यसबेला झापामा अस्तित्वमा रहेका मुण्डा, पाहान, खडिया, ग्वाल, रौतिया, कँवर र मालपाँडेलाई सूचीकरणबाट वञ्चित गरिएको थियो।
वि.सं २०६८ मा डा ओम गुरुङको नेतृत्वमा गठन भएको कार्यदलले उराउ र खडियालाई सूचीकरणका लािग सिफारिस गरेको थियो तर सूचीमा कुनै पनि जातिलाई थप गरिएको छैन।
सूचीकरण नहुँदा पहिचानविहीन जातिका युवाले जागिर र राज्यका अरु अवसरमा आरक्षण पाउन सकेका छैनन्। सूचीकरणमा नपरेका सबै जातीय समुदाय साद्री भाषा बोल्छन्। उनीहरुको बसोबास मेचीनगरमा रहेको छ। कतिपय झापा बाहिर मोरङ र सुनसरीमा पनि छरिएका छन्। काली देवीको पूजा गर्ने यी जाति चिया बगानमा ज्यालादारी गरेर जीवन निर्वाह गर्दछन्। जन्म, मृत्यु, विवाह र चाडपर्वका आफ्नै संस्कार र संस्कृति भएका यिनीहरुमध्ये केहीले मात्र उच्च तहको शिक्षा लिएका छन्।
मेचीनगरमा रहेका मुण्डा समुदायको कूल जनसङ्ख्या दुई हजार २५८ रहेको छ भने खडियाको ५००, मालपाँडेको २५०, रौतियाको १५० र कँवरको ४०० रहेको छ। ग्वाल र पाहान समुदायको जनसङ्ख्या ३०० भन्दा कम रहेको छ। यी जातिको आर्थिक, शैक्षिक र सामाजिक पहुँच दयनीय रहेको छ। नेपाल आदिवासी जनजाति महासङ्घ झापाका उपाध्यक्ष मेघराज थामीले सरकारले थुप्रै जातिलाई सूचीकरणबाट वञ्चित गरेर पहिचानविहीन बनाएको आरोप लगाएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस