काठमाडौँ-सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कलाकर्मीको सङ्गठन जनसांस्कृतिक महासङ्घले सातै प्रदेशको नेतृत्व टुङ्गाएको छ।
केन्द्रमा महासङ्घ र मातहतका घटक सङ्गठनको एकता प्रक्रिया सम्पन्न भएपछि महासङ्घले प्रदेशको नेतृत्व चयन गरे। सोअनुसार प्रदेश नं १ का संयोजकमा जेबी थुलुङ र सहसंयोजकमा अनुशा राई, प्रदेश २ का संयोजकमा रमेशरञ्जन झा र सहसंयोजकमा हिसन समाल, वाग्मती प्रदेश संयोजकमा केशर कालीकोटे र सहसंयोजकमा नारायणमान श्रेष्ठ चयन हुने छ।
यस्तै गण्डकी प्रदेश संयोजकमा मनकुमार श्रेष्ठ र सहसंयोजकमा सुशीला क्षेत्री र प्रदेश नं ५ का संयोजकमा इन्द्र विक र सहसंयोजकमा सिन्धु जलेसा, कर्णाली प्रदेश संयोजकमा भीम कुमाखी र सहसंयोजकमा खडक भट्टराई, सुदूरपश्चिम प्रदेशका संयोजकमा भुवन रिजाल र सहसंयोजकमा समुद्र चन्द चयन हुने छ । महासङ्घ केन्द्रको बैठकले नेतृत्व चयनका साथै विभिन्न निर्णयसमेत गरे ।
महासङ्घले जिल्ला नेतृत्व पनि छिट्टै टुङ्ग्याउने जनाए । “सांस्कृतिक गतिविधि सञ्चालन गर्न दुईमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेका छौँ”, संयोजक खगेन्द्र राईले भने “ प्रगतिशील साहित्यिक, सांस्कृतिक गतिविधिलाई बढाउँदै लैजाँदै छौँ ।
” महासङ्घले आगामी फागुन १ गते जनयुद्ध दिवस मनाउने तथा चैत ५ गते अनेकोट, भावाङलगायतका सांस्कृतिक शहीदको स्मृतिमा कार्यक्रम गर्ने निर्णय गरेको सहसंयोजक सरल सहयात्रीले जानकारी दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस