सुर्खेत – टिपरको ठक्करबाट मङ्गलबार वीरेन्द्रनगरमा एक युवकको ज्यान गएपछि उत्पन्न तनाव अझै सेलाएको छैन । मृतकका आफन्त र स्थानीयवासीले आज बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै यातायातका साधन चल्न दिएका छैनन् ।
टिपरधनी र चालकलाई जन्मकैदको सजाय हुनुपर्ने, आन्दोलनमा घाइते भएकाको उपचारका साथै उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित मृतकका आफन्त पुनः सडकमा उत्रिएका हुन् ।
वीरेन्द्रचोक, एरिचोकलगायतका स्थानमा तनाव बढेपछि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । वीरेन्द्रचोकमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको लाट्ठी लागेर दैलेखका ११ वर्षीय विमल नेपाली घाइते भएका छन् । उनको दाँत झर्नुका साथै ओठमा चोट लागेको छ । प्रहरीले सोही स्थानबाट आठ प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
घटनाको तेस्रो दिनसम्म पनि सुर्खेतको अवस्था सामान्य हुन नसकेपछि व्यवसायीले प्रहरी प्रशासनप्रति आक्रोश पोखेका छन् । पीडित र पीडक पक्षबीच वार्ताको सहजीकरण गर्नुको साटो प्रहरी–प्रशासनले अनावश्यक धरपकड गरेको व्यवसायीको आरोप छ । सुर्खेत उद्योग वाणिज्य सङ्घले पनि प्रहरी प्रशासनले शान्ति सुरक्षा कायम गर्न नसकेको प्रतिक्रिया दिएको छ ।
पीडित परिवार सङ्घर्ष समिति संयोजक राजन सिंहले प्रशासनले समयमै टिपरधनीको खोजी गर्न नसकेकाले आन्दोलन गर्नुको विकल्प नभएको बताएका छन् । सहमति हुन नसक्दा शव परीक्षण हुनसकेको छैन । शव प्रदेश अस्पताल कालागाउँमा राखिएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले टिपरधनी सम्पर्कमा आएकाले अहिले दुवै पक्षबीच वार्ता भइरहेको जानकारी दिएका छन् ।
“टिपरधनी हरि बिसी सम्पर्कमा आएका छन्, अहिले वार्ता भइरहेको छ”, पन्तले भने । चालक वीरेन्द्रनगर–१० का राजकुमार बोहरालाई भने प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइसकेको छ । मङ्गलबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतम चोकमा भे१ख २२४२ नंको टिपरको ठक्करबाट कालीकोट महाबै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस