बागलुङ – बागलुङको तमानखोला गाउँपालिका–१ बिसोकमा श्रीमतीले धकेलेर ठोकिँदा चोट लागेर श्रीमानको मृत्यु भएको छ । सामान्य घरायसी विवादमा उनीहरुबीच कुटाकुट नै भएको स्थानीयवासीले बताएका छन् । श्रीमती भने गम्भीर घाइते भएकी छिन् । माघ १६ गते घरायासी विवादको क्रममा ६४ वर्षीय रविलाल विकले ६० वर्षीया श्रीमती जमुना विकलाई कुटेका थिए । कुटपीटको क्रममा श्रीमती जमुना विकले धकेल्दा टाउँकोमा चोट लागेर रविलाल घाइते भएको प्रहरीले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
श्रीमान श्रीमतीबीच सधैँजसो सामान्य विषयमा पनि भनाभन हुने गरेको र बिहीबार रविलालले कुटपिट गरेपछि जमुनाले धकेल्दा घरको भित्तामा ठोक्किँएर मृत्यु भएको भन्दै स्थानीयवासीले आज बिहान प्रहरीचौकी बोङगा दोभानमा खबर गरेका थिए । मृत्यु भएका रविलालको शव परीक्षणको लागि बुर्तिवाङ स्वास्थ्यचौकीमा राखिएको छ । घाइते जमुनालाई उपचारको लागि धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याइएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस