काभ्रेपलाञ्चोक– भुम्लु गाउँपालिकास्थित जङ्गल आसपासका बस्तीमा चितुवाको आतङ्क मच्चिएको छ । केही दिनदेखि चितुवाले गोठ तथा छाप्रामा बाँधिएका बाख्रा मार्ने र खाने गरेपछि स्थानीय बासिन्दा निकै चिन्तामा छन् ।
वडा नं ७ टारका हरिहर उप्रेतीले चितुवाले गत बिहीबार राति आफ्नो गोठभित्रका आठ बाख्रा मारिदिएको बताएका छन् । गोठको ढोका फोरेर चितुवाले एउटा पाठी आधा खाएको अन्यलाई घाँटीबाट रगत चुसेर मारेको उहाँले जानकारी दिए । उनका अनुसार शुक्रबार राति पनि चितुवाले स्थानीय लक्ष्मी रिजालका दुई बाख्रा मारिदिएको छ ।
टार आसपास रहेका कुकुरलाई समेत चितुवाले मारेको उप्रतीले बताएका छन् । “चितुवाले बाख्रा र कुकुरलाई मार्न थालेपछि बस्तीका बासिन्दा त्रसित अवस्थामा छन्”, उनले भने । चितुवाले बालबालिकालाई समेत आक्रमण गर्नसक्ने भएकाले साँझदेखि नै बाहिर ननिस्कने गरिएको पीडित उप्रेतीले जानकारी दिए । वडाध्यक्षलाई जानकारी गराई सिफारिशसहित प्रहरी चौकी जाने तयारीमा रहेको उनले बताएका छन् ।
चितुवाले जङ्गल आसपासका बस्तीमा गोठभित्रै बाख्रा मारेको खबर पीडितबाट आएको वडा नं ७ का अध्यक्ष मोतीलाल तामाङले बताए । उनले भने, “सतर्कता अपनाउन सचेत गराइएको छ, आतङ्क न्यूनीकरणबारे सम्पूर्ण जनप्रतिनिधिसहित छलफल गर्ने योजनामा छौँ ।” केही दिनदेखि गाउँपालिकाका केही स्थानमा दिउँसोसमेत चरिरहेका बाख्रालाई चितुवाले जङ्गलबाट आएर मार्ने गरेको खबर आउन थालेको उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस