लमजुङ– लमजुङमा एक हजार ५८२ गैरसरकारी संस्था (गैसस) दर्ता भएका छन् । तीमध्ये नवीकरण गर्नेको सङ्ख्या अत्यन्त न्यून रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ ।
कार्यालयको तथ्याङ्कमा यस वर्ष नवीकरण गर्ने गैरसरकारी संस्थाको सङ्ख्या जम्मा २९३ मात्रै रहेका छन् । दर्ता भएका अधिकांश गैरसरकारी संस्थाले बुझेर वा नबुझेर, प्रक्रिया नपुगेकाले नवीकरण गर्न नआएको हुनसक्ने प्रशासन कार्यालयले जनाएको छ । गैरसरकारी संस्थाको मुख्य काम सामाजिक अभियानमार्फत नागरिकलाई अधिकार र कर्तव्यका बारेमा बोध गराउने र समाजमा रहेका विभिन्नखाले समस्या समाधानका लागि सहकार्य गर्ने भए पनि अधिकांश गैरसरकारी संस्थाले सो कार्य गर्न नसकेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण खड्काले बताएका छन् ।
सामाजिक काम गर्ने भनेर विभिन्न उद्देश्य राखेर जिल्ला प्रशासन कार्यालयमा गैरसरकारी संस्था विभिन्न अपेक्षा राखेर दर्ता हुने र उद्देश्यअनुसारको काम गर्न नसक्ने, बीचैमा संस्था बन्द हुने, नवीकरण नगर्नेलगायतका समस्या रहेको सहायक प्रमुख जिल्ला अधिकारी राजिमान सुनारको भनाइ छ । उनले भने , “जिल्लामा सामाजिक अभियान सञ्चालन गरी समाज रूपान्तरण गर्ने र अभियानमार्फत नागरिक अधिकारका बारेमा बोध गराउने, नागरिक सशक्तीकरण गर्ने, जागरण ल्याउने उद्देश्यका साथ गैरसरकारी संस्था दर्ता हुने गर्दछन् ।”
जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका अधिकांश गैरसरकारी संस्था अहिले क्रियाशील छैनन् । नियमित संस्था दर्ता नगरे पनि जरिवानाका साथ आवश्यक परेमा नवीकरण गर्न सकिने प्रशासन कार्यालयले जनाएको छ ।
गैरसरकारी संस्था महासङ्घ नेपाल लमजुङ शाखाका अध्यक्ष प्रेमबहादुर भट्टराईले भने, “पछिल्लो समय गैरसरकारी संस्थालाई काम गर्ने उचित वातावरण नभएका कारण धेरै गैसस बन्द हुने अवस्थामा पुगेको छ ।” त्यस्तै, कतिपय संस्थालाई नवीकरण गर्नुपर्छ भन्ने पनि जानकारी नभएका, क्रियाशील नभएका कारण नवीकरणका लागि प्रक्रिया नपुगेर पनि केही गैससले प्रशासनमा दर्ता नगरेको उहाँको भनाइ छ । सम्बन्धित निकायको चासो तथा अनुगमन कम हुँदा कतिपय गैसस दर्ताविना नै जिल्लामा सञ्चालन भइरहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस