काठमाडौं – सरकारका विभिन्न निकायद्वारा सञ्चालित विकास आयोजनामा व्याप्त बेथिति अझै रोकिन सकेको छैन । सरकारबाट प्रभावकारी अनुगमन हुन नसक्दा र ठेकेदार कम्पनीहरूले इमानदारीपूर्वक काम नगर्दा अधिकांश विकास आयोजना गुणस्तरयुक्त बन्न नसकेका हुन् । प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रले सरकारका राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाको प्राविधिक परीक्षण गर्दा अधिकांशमा गम्भीर त्रृटि र लापर्बाही भएको फेला पारेको हो ।
यस्तै, लापर्बाहीका कारण आयोजना सम्पन्न भएको केही समयभित्रै भत्कने, चर्कने, तथा नष्ट भएर जाने समस्या देखिने गरेको सर्तकता केन्द्रका अधिकारीको भनाइ छ ।
सर्तकता केन्द्रले आर्थिक वर्ष २०७५÷७६ मा राष्ट्रिय गौरवका ११ वटा तथा सडक र ग्रामीण सडकअन्तर्गतका ६५ सहित १ सय ७ वटा आयोजनाको प्राविधिक परीक्षण गरेको राजधानी दैनिकले अबर लेखेको छ । प्राविधिक परीक्षण गर्दा अधिकांश आयोजनाले कम गुणस्तरयुक्त सामान प्रयोग गरेको, स्पेसिफिकेसनअनुसार काम नगरी लापर्बाही र त्रुटि गरेको ठहर केन्द्रका प्राविधिक परीक्षकले गरेका छन् । यसैगरी, आयोजनाले डिजाइन गर्दा प्रशस्त ध्यान दिन नसकेको, संरचनाको दिगोपनामा ध्यान दिन नसकेकोजस्ता समस्यासमेत देखिने गरेको केन्द्रले जनाएको छ ।
सर्तकता केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालले केन्द्रका प्राविधिक परीक्षकले आंैल्याएका अपरिपालनसम्बन्धी प्रतिवेदन सम्बन्धित निकायमा पठाएर त्रुटि सच्याउन निर्देशन दिइएको जानकारी दिए । सर्तकता केन्द्रले त्रुटि गरेका आयोजनालाई त्रुटि सच्याउन निर्देशन दिएपछि अधिकांश आयोजनाले केन्द्रको निर्देशनलाई समेत अवज्ञा गर्दै आइरहेका छन् । केन्द्रले त्रुटि सच्याएर गुणस्तरयुक्त कार्य गर्न दिएको निर्देशन अवज्ञा गर्ने आयोजनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरी कारबाही गर्दै आइरहेको छ ।
सर्तकता केन्द्रद्वारा नियुक्त गरिएका प्राविधिक परीक्षकले आयोजनाको प्राविधिक परीक्षण गरिसकेपछि तयार पारिने प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रतिनिधि, अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, महालेखापरीक्षक कार्यालय, सम्बन्धित मन्त्रालयका प्रतिनिधि, आयोजना प्रमुख तथा सतर्कता केन्द्रका सचिव रहेको उच्चस्तरीय समितिमा समेत ब्रिफिङ गर्ने गरिएको छ । सो क्रममा आयोजनाले गरेका गल्ती र अपरिपालना समेत उल्लेख गर्ने गरिएको छ ।
सर्तकता केन्द्रका अनुसार केन्द्रले गत आर्थिक वर्षमा पुल आयोजनाका ११, सिँचाइ आयोजनाका ६, भवन निर्माण तथा सहरी विकास आयोजनाका ३, विमानस्थलका १ को प्राविधिक परीक्षण गरेको थियो । यसैगरी, खानेपानी तथा सरसफाइ, नदी तथा जल उत्पन्न प्रकोप नियन्त्रण, ऊर्जा विद्युत्, दूरसञ्चारतर्फ दुई÷दुई आयोजनाको प्राविधिक परीक्षण गरेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस