महोत्तरी – प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले स्वच्छ, निष्पक्ष, व्यावसायिक, जवाफदेही र उत्तरदायी पत्रकारिता आजको आवश्यकता भएको बताएका छन्। नवौँ विश्व रेडियो दिवसका अवसरमा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) प्रदेश नं २ ले महोत्तरीको बर्दिवासमा आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले समाजको सकारात्मक परिवर्तनमा पत्रकारिता क्षेत्रले सम्वाहकको भूमिका निर्वाह गर्ने भएकाले सत्य, तथ्य र यर्थाथपरक समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।
मुख्यमन्त्री राउतले आफ्नो व्यावसायिक स्वतन्त्रताप्रति पत्रकार र सञ्चारक्षेत्र सचेत र सजक रहनुपर्ने बताउँदै सञ्चारमाध्यमको विकास र विस्तारका लागि तीन वटै सरकारले यथेष्ट बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य शारदादेवी थापाले स्वच्छ, स्वतन्त्र र व्यवसायिक पत्रकारिताको विकासका लागि सरकार गम्भीर हुनुपर्ने बताए ।
अकारोबका महासचिव गोविन्द देवकोटाले सामुदायिक रेडियोको उन्नयनका लागि प्रदेश र स्थानीय तहका सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । अकारोबका उपाध्यक्ष निमेष कर्णको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, बर्दिवास नगरपालिकाका प्रमुख विदुरकुमार कार्की, नेपाल पत्रकार महासङ्घका पूर्वकोषाध्यक्ष शीतल साहलगायतले पत्रकारिता क्षेत्रको वर्तमान अवस्था, चुनौती र आगामी दिनमा गर्नुपर्ने कार्यको विविध पक्षमाथि प्रकाश परेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस