प्युठान-प्रदेश नं ५ सरकारले प्युठानमा जनता आवास कार्यक्रम सञ्चालन गर्दैछ। कार्यक्रममार्फत जिल्लाका विपन्न वर्गका लागि विभिन्न बस्तीमा ११० घर निर्माण हुने भएका छन्। आर्थिक वर्ष ०७६/७७ का लागि जिल्लाको क्षेत्र नं. १ मा ५५ र क्षेत्र नं २ मा ५५ घर निर्माण हुन् लागेको प्युठान क्षेत्र नं १ का प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले जानकारी दिएका छन्। दलित, जनजाति, विपन्न र पिछडियाका वर्गको लागि जनता आवास कार्यक्रममार्फत घर निर्माण हुने उहाँले बताए।
प्रतिघर निर्माणका लागि प्रदेश सरकारले रु ३ लाख ३० हजारका दरले बजेट छुट्याएको छ । उक्त घरको लागि २० प्रतिशत स्वयं व्यक्तिको श्रमदान रहने छ। नयाँ बन्ने घरमा दुई कोठा बरण्डासहित शौचालयसमेत हुने रिजालले बताए। विपन्न परिवारको व्यक्तिगत जग्गा भएकाको उनीकै जग्गामा र नभएकाको पालिकास्तरबाट त्यसको व्यवस्थापन गर्न सकिने रिजालले बताए।
जनता आवासमार्फत अब बन्ने घर चालु आर्थिक वर्षको असारसम्म निर्माण हुनुपर्नेछ। चालु आवमै विपन्न परिवारलाई हस्तान्तरण गरिने प्रदेशसभा सदस्य रिजालले बताए। पालिकाको निर्णय र प्राविधिकले अनुगमन गरेपछि घर निर्माणको कार्य शुरवात हुनेछ। सदस्य रिजालले आगामी दिनमा भएगरेका कामको कमीकमजोरी औँल्याउँदै अझ जिल्लामा प्रभावकारी कार्यक्रम ल्याउने योजना भएको बताए। जिल्लामा कुन कुन ठाउँका विपन्न परिवारलाई घर बनाइदिने निर्णयसहित प्रदेश सरकारसँग माग गरेको रिजालको भनाइ छ।
प्युठान क्षेत्र नं १ अन्तर्गत प्युठान नगरपालिका-३ विजयनगरमा दलित बस्तीमा ११, स्वर्गद्वारी नगरपालिका-८ चाल्नेटारमा १२, ऐरावती गाउँपालिका-१ दाङवाङको खल्नेटामा १४, सरुमारानी गाउँपालिका-१, २, ३ र ४ मा पनि १८ वटा नयाँ घर निर्माण हुने भएका छन्। यसैगरी क्षेत्र नं. २ अन्तर्गत गौमुखी गाउँपालिका-४ पुँजामा १५, गौमुखी गाउँपालिका-६ लिवाङमा ७, झिमरुक गाउँपालिका-७ मा १५, प्युठान नगरपालिका-८ मा १३ घर निर्माण गरिने प्रदेशसभा सदस्य रिजालले बताए। यस्तै प्युठान नगरपालिका-७ मा पनि ५ वटा लक्षित वर्गका लागि नयाँ घर निर्माण हुने उहाँको भनाइ छ।
गत वर्ष प्रदेश सरकारको बजेटमार्फत जिल्लामा २६ नयाँ घर निर्माण भएका थिए। निर्माण गरिएका घर लक्षित वर्गलाई हस्तान्तरण गरिसकेको प्रदेशसभा सदस्य रिजालले जानकारी दिए। गत वर्ष जिल्लाको सरुमारानी गाउँपालिकाअन्तर्गतका बस्तीमा १८ र नौवहिनी गाउँपालिका-५ मा आठ घर निर्माण भएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस