काठमाण्डौ-वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चुरे क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सरकारले नदी तथा खोला किनारा संरक्षण र पहिरो नियन्त्रणलाई प्राथमिकता दिएको बताएको छन। प्रतिनिधिसभाको आजको बैठकमा वन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिँदै मन्त्री बस्नेतले चुरे क्षेत्रको संरक्षण गर्न भूमिगत जल पुनर्भरण, वृक्षरोपण, पोखरी तथा सिमसार क्षेत्रको व्यवस्थापन, अतिक्रमण नियन्त्रण, कृषि, वनलगायत कार्यक्रमलाई प्राथमिकता दिइएको बताए।
सरकारले बिं सं २०७१ सालमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम ल्याइसकेको छ। समग्र तराई-मधेश चुरे क्षेत्रको संरक्षण गर्न सरकारले गुरुयोजनासमेत तय गरिएको छ। चुरे तथा तराई-मधेश क्षेत्रको प्राकृतिक स्रोतको संरक्षण र व्यवस्थापन गर्न राष्ट्रपति तराई चुरे संरक्षण समिति गठन भई एकीकृत रुपमा संरक्षण र व्यवस्थापन भएर राष्ट्रिय गौरवको आयोजनाका रुपमा कार्यक्रम सञ्चालन भइरहेको छ।
तराई मधेश चुरेका कारणले उत्पन्न हुने समस्याले प्रभावित छ, बाढीपहिरो र डुबानको समस्या छ, त्यसको समाधानका लागि सरकार योजनाबद्ध ढङ्गले लागिपरेको छ, जलवायु परिवर्तनको समस्या समाधान हुन्छ।” चुरे क्षेत्रबाट नदीजन्य क्षेत्रमा कति उत्खनन गर्नुपर्ने हो भन्नेबारे अनुसन्धान भइरहेको समेत बस्नेतले जानकारी दिए। त्यसअघि सांसद डिला सङ्ग्रौलाले चुरे दोहनले तराई-मधेशमा पानीका मुहान सुक्न थालेका अवस्थामा समाधानका लागि सरकारको योजना के छ भनी प्रश्न गरेका थिए। सांसद सरिता गिरी र पे्रम सुवालले चुरेको ढुङ्गाबालुवा कहाँ लगिन्छ भनी प्रश्न गरेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस