जाजरकोट – कृषकको जीवनस्तर सुधार गरी आत्मनिर्भर बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले विशेष योजना सञ्चालन गरेको छ । स्याउका बिरुवा हुर्काउने कृषकलाई आर्थिक सहायतादेखि थप बिरुवा दिनेसम्मका योजना सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले वितरण गरेका स्याउँका ५० प्रतिशत बिरुवा पहिलो वर्ष हुकाउनेलाई प्रतिबिरुवावापत रु १०० दिने नीति बनाएर काम थालिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए ।
उनका अनुसार दोस्रो वर्ष प्रतिबिरुवा हुर्काएवापत रु ७५, तेस्रो वर्ष रु ५० दिने कार्यक्रम रहेको छ । ५० प्रतिशतभन्दा तल बिरुवा हुकाउने कृषकले कुनै पनि सेवासुविधा नपाउने उनको भनाई छ ।
चार वर्षपछि रोपिएका स्याउका बिरुवाले फल दिने योजनाका साथ दण्ड र पुरस्कारको व्यवस्था गरिएको हो । गाउँपालिकाले पहिलो वर्ष मुड्केचुला गाउँपालिकामा २० हजार स्याउका बिरुवा वितरण गरेको थियो । त्यस्तै दोस्रो वर्ष २५ हजार गरिसकेको छ । तेस्रो वर्ष २५ हजार बिरुवा वितरण गर्ने योजना छ । त्यस्तै गाउँपालिकाले १२ हजार ५०० टिमुरका बिरुवासमेत वितरणको तयारी छ ।
गाउँपालिकाका उपाध्यक्ष सविताकुमारी रोकायको नेतृत्वमा प्रत्येक वर्षको चैतमा अनुगमनपछि मात्र स्याउका बिरुवा हुर्काएवापत रकम झुक्तानी गर्ने कार्यक्रम हुँदै आएको छ ।
गाउँपालिकाले स्याउका बिरुवासँगै हुर्काएवापत पुरस्कार दिएपछि आफूहरु खुशी भएको मुड्केचुला गाउँपालिका–६ का देवबहादुर बुढाथोकीले जानकारी दिए ।
उनले भने, “गाउँमा रहेको स्थानीय सरकारको अनुभूति राम्रोसँग भएको छ, स्याउका बिरुवा आफँै खरिद गरेर लगाउँदै आएका हामीलाई दुई वर्षदेखि गाउँपालिकाले बिरुवा दिँदै आएको छ, त्यसमा पनि राम्रो हुकाउनेलाई पुरस्कार दिँदा हामीलाई निकै जाँगर आएको छ ।”
त्यस्तै उहाँजस्तै वडा नं ८ ओक्टका दत्तबहादुर रोकायले भन्नुभयो, “पहिलो वर्ष लगाएको स्याउका बिरुवा अहिले तीन वर्ष हुनथाले, अब अर्को वर्ष फल दिन थाल्छ । स्याउ बिक्री गर्दा एकातिर आम्दानी अर्कोतिर हुर्काएवापत पैसा, जे होस् राम्रो भएको छ ।” यहाँका हरेक गाउँमा कृषकका खेतबारी स्याउका बिरुवाले हरियो भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस