राँझा– नेपालगञ्जस्थित जमुनाह नाका हुँदै स्वदेश भित्रिने नेपालीको सङ्ख्या दैनिक बढेको छ ।
भारतमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि विभिन्न पेशा र रोजगारी गरेर बसेका र त्यहाँका स्कूल तथा कलेजमा अध्ययनका लागि पुगेका नेपाली विद्यार्थी धमाधम स्वदेश फर्किरहेको जमुनाह प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक माधव रिजालले जानकारी दिएका छन् । “कोरोनाको हल्लाले नेपाली धमाधम घर फर्किरहेका छन्, कतिपयलाई कामबाट बिदा दिइएको छ भने अधिकांश सन्त्रासले घर आउने क्रम निरन्तर बढ्दो छ”,उनले भने । यसरी फर्किनेमा अधिकांश कर्णाली प्रदेशको कालीकोट, जुम्ला, सुर्खेतलगायत छन् । उनीहरु हिमाञ्चल, सिमला, लखनऊ, दिल्लीलगायत शहरबाट स्वदेश फर्र्किएका हुन् ।
भारतबाट आउनेलाई नाकामा जाँचपछि मात्र प्रवेश दिइएको छ । स्वास्थ्य परीक्षण अनिवार्य गरेको पछिल्लो तीन दिनमा सो नाकाबाट २४ हजार दुई सय ३२ जना नेपाल प्रवेश गरेका छन् । सो परीक्षण कक्षमा जाँच गरी दैनिक नेपाल भित्रिनेको तथ्याङ्क राख्ने गरिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिएका छन् ।
मुख्य नाकामा सवारीसाधन आवतजावतमा रोक लगाइएपछि खुला सिमानाका कारण ग्रामीण क्षेत्रमा रहेका छोटी नाकाबाट आवतजावत गरेको पाइएकाले छोटी नाकामा समेत प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवहादुर सिंहले जानकारी दिए । उनका अनुसार बाँकेको नरैनापुर, डुडुवा, जानकी गाउँपालिकासँग सीमा जोडिएको भारतीय छोटी नाकामा अवैध आवतजावत रोक्न प्रहरी परिचालन गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस