काठमाडौँ -बिभिन्न देशबाट आज नेपाल फर्किएका ६२ नेपालीलाई भक्तपुरको खरिपाटीमा रहेको क्वारेन्टाइन लगिएको छ ।
विश्वभर कोरोना भाइरस महामारीको रुपमा फैलिएसँगै दुबई, कतार लगायतका बिभिन्न देशबाट फर्किएका उनीहरुलाई क्वारेन्टाईनमा पठाईएको हो ।
थाई एयरवेज मार्फत आएका ४९ र एयर इण्डियामार्फत १३ जना नेपाली आज नेपाल आएका हुन् । क्वारेन्टाइनमा २ जना डाक्टर सहित नर्स र अरु स्वास्थ्यकर्मी गरि पाँच जना सेवामा खटिएका र एउटा एम्बुलेन्स तथा एम्बुलेन्स चालक तयारी अबस्थामा राखिएका छन् ।
स्वाब भने भोली संकलन गरिनेछ । विमानस्थलबाट उनीहरुलाई बसमा राखेर स्कटिङ्ग गर्दै सुरक्षित रुपमा पौने ६ बजे क्वारेन्टाइन पुर्याएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।
उनीहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिनेछ । संक्रमण पोजेटिभ भए उपचारका लागि शहिद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु काठमाण्डौं लगिनेछ ।
स्वच्छेले नेपाल फर्किएका उनीहरु क्वारेन्टाइनमा रहदाँको खर्च आफैले गर्नेछन् । प्राधिकरणको क्यान्टिनमा खाना बनाए्र प्याकिङ्ग गरि उनीहरुलाई खाना पठाईएको र क्वारेन्टाइनमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको सबै व्यबस्थापन गरिएको छ ।
क्वारेन्टाइनमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त सुरक्षा दस्ताले सुरक्षा दिएको छ । सरकारले लगाएको अस्थायी प्रतिबन्धलाई उल्लंघन गर्दै दुबई कतार लगायतका देशहरुमा रहेका नेपालीहरु अरु ठाउँको ट्रान्जिट बनाएर नेपाल आएको बताईएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस