नवदुर्गा, डडेलधुरा — भारत गुजरातबाट बुधबार घर फर्किएका हर्कबहादुर ऐरले नवदुर्गा, बेलापुरस्थित घर पुग्नुअघि स्थानीय स्वास्थ्य चौकीमा स्वास्थ्य जाँच गराए ।
कञ्चनपुरको गड्डाचौकी नाकामा पनि उनले शरीरको तापक्रम नपाएका थिए । ‘महेन्द्रनगर पुगेर घरमा फोन गर्दा श्रीमतीले स्वास्थ्यकर्मीलाई भेटेर मात्र आउनू भनेकी थिइन्,’ उनले सुनाए ।
ऐरमा कुनै स्वास्थ्य समस्या छैन । ‘हामीले उहाँलाई १४ दिनसम्म घर बाहिर ननिस्कन, घरमा पनि सतर्कता अपनाउन र स्वास्थ्यमा समस्या आए जानकारी गराउन भनेका छौं,’ नवदुर्गा स्वास्थ्य चौकीका प्रमुख दीपेन्द्र विष्टले भने ।
मणिलेकका जयराज भट्ट झिसमिसेमै उठेर घरआँगन सरसफाइ गर्दै थिए । गाउँपालिका अध्यक्षसहितको टोली आँगनमा आइपुग्यो ।
केही घटना पो भयो कि भन्ने उनले ठाने । उनले जिज्ञासा राख्न नपाउँदै गाउँपालिका प्रमुख कवीन्द्र विष्टले कोभिड–१९ बारे जानकारी दिए र सचेत हुन आग्रह गरे ।
‘धेरै मान्छे मर्ने रोग भनेर रेडियो र टीभीमा सुनेको थिएँ, गाउँपालिका अध्यक्षसहित आएको स्वास्थ्यकर्मीको टोलीबाट धेरै कुरा थाहा पाएँ,’ उनले भने, ‘सबै सतर्क हुने हो भने रोग हाम्रो गाउँ छिर्न सक्दैन ।’
गाउँपालिकाले कोभिड–१९ बारे सचेतना फैलाउन सातवटा टोली बनाएर घरदैलोमा परिचालन गरेको छ । गाउँपालिकाका ५ वटै वडामा परिचालित टोलीमा स्वास्थ्यकर्मीसमेत छन् ।
टोलीमा ६५ जना स्वास्थ्य स्वयंसेविका, १५ जना स्वास्थ्यकर्मीका साथै कोभिडबारे बुझेका स्थानीय अगुवा छन् । उनीहरूले घरघरमा पुगेर कोभिड–१९ को सम्भावित संक्रमणबाट कसरी जोगिने, लक्षण के–के हुन सक्छन्, लक्षण देखिए के गर्ने भनेर जानकारी दिइरहेका छन् ।
‘नयाँ वर्ष बिसु पर्वमा घर फर्किनेको लर्को लाग्न सुरु भएको छ,’ स्थानीय स्वास्थ्यकर्मी रुद्रप्रसाद भट्टले भने, ‘भारतका विभिन्न सहरमा रोजगारी गरिरहेकाहरू घर फर्कंदा संक्रमण भित्रिन्छ कि भन्ने चिन्ता छ । त्यसैले सचेतना अभियान चलाएका छौं ।’
उनले नवदुर्गा गाउँपालिकाले जस्तै अभियान अरूले पनि चलाउनुपर्ने बताए । कान्तिपुर दैनिकबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस