काठमाडौँ — आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा सार्वजनिक गाडी नचल्ने भएको छ । कोरोना भाईरस कोभिड–१९ को त्रास बढेसँगै सरकारले सावधानी अपनाउन भन्दै आज सोमबारदेखि लामो दुरीमा सार्वजनिक गाडी चलाउनमा रोक लगाएको हो ।
लामो दूरी भन्नाले २ सय ५० किमिभन्दा टाढालाई मानिएको छ। ‘२ सय ५० किमि कानुनी रूपमा हो,’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भने, ‘हामीले भन्न खोजेको सहरभित्र चल्न पाउनेछन्, सहरबाट बाहिर जान भने पाउनेछैनन्।’ सहरका जुनसुकै ठाउँमा पनि सवारीसाधन चल्न पाउँछन्। एक जिल्लाबाट अर्को जिल्लामा भने जान पाउनेछैनन्।
सहरभित्र चल्ने सार्वजनिक गाडीमा भने अवरोध हुनेछैन। शनिबार साँझ सूचना निकालेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले घर फर्कन चाहनेले रोक लगाउनुअघि नै प्रबन्ध गर्न आग्रह गरेको थियो। ‘
बुधबारसम्मको टिकट बुक भए पनि सोमबारबाट लामो दूरीका सवारी बन्द हुने भएपछि यात्रुले आइतबार टिकट सारेर घर फर्किएका छन्। केही यात्रुले भने टिकट नपाएपछि घर जान नपाएको गुनासो गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस