काठमाडौँ-कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले मंगलवारदेखि देशभर लकडाउन गरेको छ । सरकारले अत्यावश्यकबाहेक कसैलाई पनि घर बाहिर ननिस्कन निर्देशन दिएको छ ।

लकडाउन सफल बनाउन र मानिसहरुलाई सम्झाउँदै घरभित्रै रोक्न खटिएका सुरक्षाकर्मीको अवस्था भने दयनीय देखिन्छ । सबैखाले व्यवस्थापनका सडकमा सुरक्षाकर्मीहरु खटिएका छन् ।

लकडाउनको कारण सबैतिर बन्द छ । बन्दको समय र नियमित ड्युटीबाहेक प्रहरीहरु थप समय खटिएका छन् । खानपानको समेत राम्रो व्यवस्था नहुदा उनीहरु सडकमा नै बसेर खाजा खाइरहेका भेटिन्छन् ।