डोटी-सशस्त्र प्रहरी बल, दिपायलको ३६ नं गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक जहरसिंह बुढामगरले प्रदान गरेको रगतले एक सुत्केरी महिलाको ज्यान जोगिएको छ ।
गर्भमा जुम्ल्याह बच्चा भएकी सायल गाउँपालिका वडा नं ६ स्वाणाकी २४ वर्षीया सीता विकलाई बुढामगरले रगत दिएका हुन् 2 । बच्चा पाउन नसकेपछि विकलाई दिपायलको राजपुरस्थित सुजङ अस्पताल ल्याइएको थियो ।
अत्याधिक रक्तश्रावका कारण ज्यान जोखिममा परेपछि सशस्त्र प्रहरीलाई खबर गर्दा गणपति बुढामगरले मङ्गलबार रगत दिएपछि विकको ज्यान बचेको सुजङ अस्पताल दिपायल राजपुरका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिए ।
उनका अनुसार गणपति बुढामगरले एक प्रिन्ट ‘बी पोजेटिभ’ रगत प्रदान गरेका थिए ।
जिल्लामा ब्लडबैंक नहुँदा रगतको आवश्यकता परे यहाँका अस्पताल तथा स्थानीयले नेपाल सेना, प्रहरी तथा सशस्त्र प्रहरीकामा धाउने गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस