म्याग्दी – उत्तरी म्याग्दीको अन्नपूर्ण गाउपालिका–४ नारच्याङमा निर्माण भैरहेको मिस्त्रीखोला जलविद्युत आयोजनाका दुई सय भन्दा धेरै मजदुर आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलित दुई सय जना भन्दा धेरै मजदुरले शनिबार दिनभर आयोजनाको प्रर्वद्धक रोवष्ट इनर्जीको नारच्याङ बेशीगाउमा रहेको साइट कार्यालय घेराउ र नाराबाजी गरेका थिए।
निर्माणको अन्तिम चरणमा पुगेको ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत आयोजनाका मजदुरहरुले लकडाउनको समयमा घर नपठाएको, बिरामी मजदुरको उपचार नगरेको, घरमा आफन्तको मृत्यु हुदा समेत किरीया जान नदिएको र ज्याला नदिएकोले बाध्यभएर आन्दोलित हुनुपरेको बताएका छन्।
कोरोनाको जोखिमका कारण २५ जना भन्दा बढी एकै ठाउँमा भेला नहुन सरकारले आग्रह गरेपनि रोवष्ट इनर्जी प्रालीको प्रर्वद्धक रहेकोे मिस्त्रीखोलाको सिभिल ठेकेदार हाई हिमाल कन्ट्रक्सनले आफूहरुलाई ज्याला नदिइ लकडाउनको समयमा घर नपठाएकोले बाध्य भएर आन्दोलित हुनुपरेको मजदुरहरुले बताएका छन्।
मजदुरहरुका अनुसार ठेकेदार कम्पनीले आयोजनामा काम गर्ने दुई सय भन्दा बढी मजदुरहरुलाई साढे दुईमहिना ९ ७५० दिनको ज्याला दिएको छैन्। ठेकेदारकै बेवास्ताका कारण लकडाउनको समयमा घर जान नपाएको उनिहरुको दुखेसो छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस