चितवन- प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज दिउँसो विरही पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पक्राउ परेका हुन् ।
प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार रमेश रिजालको नामबाट टिकट काटेर स्वास्थ्य परीक्षण गर्दैगर्दा उनी पक्राउ परेका हुन् । उनलाई सोही मेडिकल कलेजमा निगरानीमा राखेर उपचार गराइएको उनले जानकारी दिएका छन् ।
भ¥याङबाट लडेपछि बिरहीलाई परिवारले उपचारका लागि अस्पताल ल्याएको जनाएका छन् । उनी रत्ननगर नगरपालिका–५ निवासी हुन् ।
विरही अस्पतालमा उपचाररत रहेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । विरहीले चन्द समूहको प्रकाशन विभाग प्रमुख हेर्दै आएका छन् । उनि तत्कालीन एकीकृत नेकपा माओवादी चितवनको इन्चार्ज थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस